पिडा नै छ भित्र चाई बाहिर रुन्चे हास्दा पनि विश्वास हुन्न गर्छु भन्दै फेरी अब बास्दा पनि को बोल्ने र तिनी संग जाने पनि देखे पनि गोद्छु भन्दै बोटका सबै हाँगाहरु लास्दा पनि दिने आफै खाने आफै बोल्ने कुरा अर्कै हुन्छ खुसिनै छन् देश बेची साइनो गाडा गास्दा पनि निमुखा ति मात्र रहिछन कानुन लाग्ने यो देशमा टिक्ने रहिछन तिनेरु चाई खोल अर्कै टास्दा पनि