फुल भन्दा राम्री तिमी अझ राम्री जून भन्दा
हिरा मोती परै राखु धेरै राम्री सुन भन्दा
सारंगी र बिनयोको संगीत त तेसै राम्रो
अझै राम्रो तिम्रो सोर बासुरीको धुन भन्दा
ढकमक्क फूलेको त्यों जवानीत मनै चोर्ने
रूप राम्रो प्यारी तिम्रो आनीबानी गुण भन्दा
सधै भरी तिमी मेरो अंगालोमा बस्ने भए
अंगालोमै कस्न राम्रो लुकिचोरी छुन भन्दा
जुनी जुनी तिम्रै मात्र तिम्रै तिम्रै हुन पाउ
नहुननै राम्रो बरु कोइ अरुको हुन भन्दा
Comments
Post a Comment