जता राम्रो उतै तीर सबको हुन्छ सर्ने मन
लेक बाट बेसी हुदै तराई तीर झर्ने मन
कोलाहल माच्यारा अर्थ छैन जिउनु कुनै
सके सम्म धेरै संग माया प्रिती छर्ने मन
पिडा सही चुप चाप बस्ने कम राम्रो हुन्न
आइ लाग्नेहरु संग छाती पिटी लर्ने मन
संसारलाई चलाउने सन्तति नि चाइने हुदा
उमेरछदै जोडा मिलाई सुभलगन गर्ने मन
बैस छदा जति सुकै पाप कर्म गरे पनि
बुढेस कालमा सबको हुन्छ बैतरनी तर्ने मन
सन्तानलाई पिडा दिइ धेरै वर्ष बच्नु भन्दा
हात गोडा चल्दा चल्दै सजिलैनै मर्ने मन
Comments
Post a Comment