मेची देखि काली सम्मै तुवालोले ढाकेको छ
पारीबाट गिद्धे आखा निरंनतर ताकेको छ
सोतंत्रता सोभिमान राजनेताले बेची सके
निमुखा र निर्दोस जति दोस लगाई जाकेको छ
पलाएका मूनाहरु कोपिला मै निमोथिदा
कर्मबिरको जोस जागर अनायासै थाकेको छ
नसा लाग्छ नेपाली लाई गन्तब्य र बाटो सोच्दा
कता जाने थाह छैन अन्ध धुन्दा हाकेको छ
Comments
Post a Comment