बटुवालाई सित छेल्न यौटा चुइने छानो थियो
मिलायर राख्न त्यहाँ नत कुनै रानो थियो
रहेनछन् माली पनि रेख-देख गर्ने बगैचाको
जाजी केरा भएपनि भित्र सानो दानो थियो
अनकन्टार फालिएको कोठेबारी हेर्दा त्यहाँ
जुग जुग नमसिने अजम्बरी गानो थियो
जताहेर्यो अनौठो थ्यो भित्र भित्रै गयौ अनि
त्यहाँ भित्र प्रतेकको अलग अलग मानो थियो
नियाले हेरौ मानो अनि थाभो सबै लाई
कसैको त अलि ठुलो भने कसै को त सानो थियो
Comments
Post a Comment