एकोहोरो तिम्ले हेर्दा मन मनै बोले आफै
पिन्जाडाकी चरी खोले अनि फेरी थुने आफै
बिगत पनि बज्र बनि मुटु भित्र बज्री दिदा
अतितलाई रक्सि संगै अनायासै घोले आफै
पाए जस्तै लग्यो सबै पाउने जति यो जन्म लाई
नसा बढ्दै बढ्दै जादा घर बारी मिले आफै
ब्यर्थताको अस्तितो यो संसार बाट मेटाउन
जीवनमा सबै भन्दा बादी मात्र घोले आफै
Comments
Post a Comment