सर्दै गर घैटो ओर फुटे पछी चेत्छौ तिमी
अनायासै बिरानाले चुटे पछी चेत्छौ तिमी
हेप्ने पनि सिमा हुन्छ निर्दोस ति छिमेकी लाई
बिद्रोहमा भाई बन्धु जुटे पछी चेत्छौ तिमी
कमजोरीको मौका छोपी जुरमुरउछन् सत्रु पनि
पराइले आफ्नो इजत लुटे पछी चेत्छौ तिमी
थोते मुख हल्लाउदा मकै पक्का चपाउन्न
दातहरु गिजा बाट छुटे पछी चेत्छौ तिमी
तिम्रा अघि तिम्रा पछी जय- जय भन्दै हिड्ने मान्छे
जय भन्न बिर्सियर जुटे पछी चेत्छौ तिमी
Comments
Post a Comment