बीच बाटोमा अलपत्रै छोडिएको मान्छे हु म
छिया छिया मन मुटु तोडिएको मान्छे हु म
उदेस्यमा पुग्ने बाटो नदेखेर भौतारिदा
त्यहिँबाट यात्रा अन्तै मोडिएको मान्छे हु म
मौलाएर बढ्नु कुनै दोस छैन मेरो यहाँ
खडेरीम़ा मल जल गरि गोदियेको मान्छे हु म
याको बाटो याको धर्म संघ सघै हिडदा खेरि
कुसस्कर लाई जबर जस्ती ओडिएको मान्छे हु म
यहाँ सम्म आइपुग्दा पल पल जिन्दगि म़ा
ढुंगा माटो संघ नाता जोडिय को मान्छे हु म
Comments
Post a Comment