सहरमा खोजेउ होला भिरमा पो थिए म त
हासोहरु हराए थे पिरमा पो थिए मा त
बीच बाट अलपत्रै रन्थनिदै भौतारी दा
सुरु बाट तिमी गएछौ आखिरमा पो थिए म त
थाके भन्दै बिस्राम गर्न समिपमै आयौ अनि
तेती बेला अघीबाट झिरमा पो थिए म त
अलि कति ढिला भयौ डिल डीलै झरेउ उतै
तेही बेला सिकारीको तिरमा पो थिए म त
Comments
Post a Comment