कुर्सी देख्दा तेसै तेसै राल काडेर मर्छ साले
कता फाइदा हुन्छ अलि उतै तिर सर्छ साले
कता फाइदा हुन्छ अलि उतै तिर सर्छ साले
हाम्रो लागि देशको लागि गर्छ भन्ने कुरै छोडौ
कहिलेकाहीं भेट्न जाँदा उसै आँखा तर्छ साले
कहिलेकाहीं भेट्न जाँदा उसै आँखा तर्छ साले
तीन करोडको आँखा छोपी आफ्नो घैंटो ठडयाउछ
मुखलेचै एकै छिनमा सबै काम गर्छ साले
मुखलेचै एकै छिनमा सबै काम गर्छ साले
भोका नांगा गरिबको सपना साकार पार्ने निहुँमा
तीन पुस्तालाई पुग्ने भण्डार एकै चोटी भर्छ साले
तीन पुस्तालाई पुग्ने भण्डार एकै चोटी भर्छ साले
के सम्झ्याछ जनतालाई जसले त्यहाँ पुरयाका छन्
लाज सरम पचाएर पदको लागि लर्छ साले
लाज सरम पचाएर पदको लागि लर्छ साले
Comments
Post a Comment