Skip to main content

सामाजिक कथा(1)

पुस महिनाको जाडोमा पनि एकाबिहानै आज किन मानिसहरूको चहल पहल छ ? बुझ्दा कुरो राम्रो चाहिं होइन रहेछ । माथ्लो घरको मुकेशको श्रीमती सीतादेवी र पल्लो गाउँको धनबहादुर घर छोडी पोखरातिर लागेछन् । कुरो दुख लाग्दो छ सीतादेवीको घरमा साना साना तिन बच्चा र धनबहादुरको घरमा पनि दुइ जना छोरीहरू छन् । सीता देवीका श्रीमान कतार मा तातो हावा सगै आफ्नो जिबनलाई चौथो पटक होमीरहेका छन् धन कमाउने आसै आसमा । सपुर्ण गाउँ सन् सानी पूर्ण भयो त्यो हल्ला बिदेस मा पनि तुरुन्तै पुगिहाल्यो।
केहि दिनसम्म त सीतादेवी र धनबहादुर पोखरा, काठमाडौँ सहरतिर घुमे छन् । त्यस पछि घर फिर्ता भए धनबहादुरले सीतादेवी र जेठी श्रीमती रमा कुमारीलाई मिलाएर राख्न सफल भयो । मुकेसको घर मा दुखका दिनहरू थपीदै छन् ममा घर पुग्दा आफ्नी पोइल गायकी आमा सित भेट हुन्छ छोरो तिलक र छोरि सनिताको ।मामलीले पनि के गर्नेर भान्जा भान्जीको पनि माया आफ्नी दिदी सीताको पनि माया दुवैलाई हेर्यो हेरिसक्नु छैन ,समय बित्तै गयो हुदा हुदै तिलक पनि एस यल सी पास भयो अब कलेज जाने बेलाभयो ,खोइ बाबुको पनि घर फर्कने केहि अत्तो पत्तो छैन ।
तिलकको दिमाखमा बिस्तारै बिस्तारै नराम्रा कुरहरू आउन थाल्छन। मानिस, मानिसकै दुख, आपत् बिपत हेर्न कति लालाइत हुन्छ । तिलकलाई आफ्नी आमा पर्ती नराम्रा कुरा लगायर रिस उठाउने काम हुन्छ आफ्नै साथी संगती बाट । एक दिन तिलकले रिसको आवेगमा निको हुदै गरेको घाउ फेरी बल्झाउने कम गर्यो । छुरा प्रहर गरी सौतनी बाबुको हत्या ,हत्या पछि फरहार । अब घरमा सनिता मात्र बाकी छिन पिडा पनि कति हुन्छ जिन्दगिमा उनी त्यहाँ बस्न नसकेर ममाघरमा नै बस्न थालिन ।त्यो कलिलो मुटुमा ठुलो चोट पर्यो ।बाबुत थियो त्यो पनि घर औदैन, मरे बाराबर भयो ,आमा- बाबु नमरी कनै टुहुरो जिबन जिउदै छिन सनिता ।हत्या पछि भागेको तिलक कहाँ पुग्यो केही अत्तो पत्तो छैन पुलिसका मान्छेहरूले खोजि कार्यलाई तिब्र बनाए तर पनि केहि पत्तो लागेन आखिर मा गाउँ नै सोका कुल भयो दुइ जना बिधवा भय एकै घरमा । सीतादेवीको सानो बच्चो काखैमा टुहुरो भयो ।चोइटा खान गया कि बुडी झोलमा डुबेर मरी भयो ।जिन्दगि नै तहस नहस भयो, के गर्ने के नगर्ने सीतादेवी बिचलित मा छिन् ।समय बित्तै गयो आलो घाउमा केहि खाटो बस्न खोज्छ फेरी बल्झिन्छ। आमा छोरीको भेट हुनु हुदैन रुवा बासी सुरु हुन्छ ,कहाँ जाने र दुवै जनाको जाने ठाउँ नै तेही त हो मुकेश माझी पनि बिदेस बाट फर्कियका छन् भर्खरै, उनि पनि विह गर्नेरे अब, मुकेश घर आए पछि तिलक पनि साउदी माछ रे भन्ने आस्पस्त समाचारहरू आउदै छन् ।मुकेशले छोरीलाई त्यो ममा घर मा जानु हुदैन , पोइल गएकी आमासग भेट गर्न हुदैन भन्ने तर्कहरू गर्दै छन् र छोरीलाई त्यो आमा सग नभेट्ने बनाउन कोसिस गर्छन ।उता तिलकको पनि यति का समय पछि पत्र आयो उसको पत्र मा पनि त्याही कुरा उलेख गरिएको छ, आमा सग नभेट्नु रे । तर किन ?
मनिसको जिन्दगीहो गल्ति त भैहाल्छनि/ त्यो बाबुलेपो अर्को महिला ल्याउदा श्रीमती हुन्छ त , ति बच्चाको लागि जन्म दिने आमात हुदैननि सनितालाई आमा देख्दा भकानो फुटेर आउछ, संगै अंगालो हालेर रुन मन लाग्छ तर यो समाजको डर हो या किन हो त्यो आट दुवैमा छैन ।जिन्दगि त धनबहादुरको गयो ,हत्याराले पनि सजाय पायको छैन। बिचारा त्यो सीतादेवी आफ्नो गुमेको माया सित केहि मात्रमा भए पनि बिस्राम गर्न चाहन्छिन
भगवानले त्यो सक्ति पर्दान गरुन , सनिताले आमासग भेटगर्न कुनै डर मान्नु नपरोस किनकी आमा कसैको दाइजो होइन। आमा सितको सन्बन्धलाई कसैको अलग गर्ने अधिकार छैन ।

Comments

Popular posts from this blog

गुगलमा कसरी सजीलै पैसो कमाउने

Google Rewards मा साइन अप गर्ने १० सजिला चरणहरू 1. Google Play Store (एन्ड्रोइड) वा App Store (iPhone) खोल्नुहोस्। 2. सर्च बारमा “Google Opinion Rewards” टाइप गर्नुहोस्। 3. Google LLC द्वारा बनाइएको अफिसियल एप चयन गर्नुहोस्। 4. Install (इन्स्टल) गर्नुहोस्। 5. इन्स्टल भएपछि एप खोल्नुहोस्। 6. आफ्नो Google अकाउन्ट प्रयोग गरेर Sign in (साइन इन) गर्नुहोस्। 7. देखाइएको Terms and Conditions (नियम र सर्तहरू) स्वीकार गर्नुहोस्। 8. Location Access (स्थान अनुमति) दिनुहोस् — यसले तपाईंलाई उपयुक्त सर्वे पठाउन मद्दत गर्छ। 9. आफ्नो प्रोफाइल पूरा गर्नुहोस्, जस्तै उमेर, लिङ्ग, देश आदि विवरणहरू भर्नुहोस्। 10. सबै सेटअप सकिएपछि, पहिलो सर्वे (survey) को प्रतिक्षा गर्नुहोस् — जब सर्वे उपलब्ध हुन्छ, Google ले तपाईंलाई जानकारी दिनेछ। • सर्वे पूरा गरेपछि तपाईंलाई Google Play Credits (एन्ड्रोइडका लागि) वा PayPal मार्फत नगद (iPhone का लागि) प्राप्त हुनेछ।

Good Morning America

 Cold weather is approaching soon  Be safe, stay warm In some areas temperature going below negative 50. Big snow fall and cold wind. Dont go outside unless it is emergence. wind chill can affect your skin even in a minute. 

अमेरिकामा नेपालीहरूको जीवन: सङ्घर्ष, सफलता र पहिचान

अमेरिकामा नेपालीहरूको जीवन: सङ्घर्ष, सफलता र पहिचान परिचय पछिल्ला केही दशकहरूमा संयुक्त राज्य अमेरिका (अमेरिका) नेपाली आप्रवासीहरूका लागि सबैभन्दा आकर्षक गन्तव्यहरूमध्ये एक बनेको छ। प्रारम्भमा शिक्षा र रोजगारीका अवसरका कारण अमेरिका जानेहरू धेरै थिए, तर आज यो देशमा नेपालीहरूको एउटा जीवन्त, संगठित र बढ्दो समुदाय बसोबास गरिरहेको छ। उनीहरूले अमेरिकी समाज, संस्कृति र अर्थतन्त्रमा योगदान दिँदै आफ्नो नेपाली पहिचान जोगाइरहेका छन्। विद्यार्थी, पेशेवर, उद्यमीदेखि समुदायका अगुवासम्म, अमेरिकास्थित नेपालीहरूले दृढता, परिश्रम र अनुकूलनशीलतामा आधारित एउटा छुट्टै पहिचान बनाएका छन्। यस निबन्धमा अमेरिकी भूमिमा नेपाली आप्रवासनको इतिहास, जनसांख्यिकी, आर्थिक स्थिति, सामाजिक सहभागिता, र राजनीतिक योगदानको यात्रा विस्तृत रूपमा विवेचना गरिएको छ। अमेरिकातर्फ नेपाली आप्रवासनको इतिहास अन्य पुराना आप्रवासी समुदायहरू — जस्तै भारतीय, चिनियाँ वा फिलिपिनीहरूको तुलनामा — अमेरिकातर्फको नेपाली आप्रवासन अपेक्षाकृत नयाँ हो। पहिलो लहर १९६० र १९७० को दशकमा देखा पर्‍यो, जब विद्यार्थी र पेशेवरहरू उच्च शिक्षा र रोजगारीका लागि अ...