जता राम्रो उतै तीर सबको हुन्छ सर्ने मन
लेक बाट बेसी हुदै तराई तीर झर्ने मन
कोलाहल मच्चाएर अर्थ छैन जिउनु कुनै
सकेसम्म धेरै संग माया प्रिती छर्ने मन
पिडा सही चुप चाप नबोलेर बस्नु भन्दा
आइलाग्ने हरु संग खुलम खुल्ला लर्ने मन
संसार लाई चलाउने सन्ततिनि चाइने हुदा
उमेर छदै जोडा मिलाई सुभलगन गर्ने मन
बैस छदा जति सुकै पाप कर्म गरे पनि
बुढेस कालमा सबको हुन्छ बैतरणी तर्ने मन
सन्तान लाई पिडादिइ धेरै वर्ष बाच्नु भन्दा
हात गोडा चल्दा चल्दै सजिलैनि मर्ने मन
Comments
Post a Comment