चकाचुली,रोटेपिंग झै किन चल्छ मान्छे
सतगुणलाई रोप्यो भने विसंगति फल्छ मान्छे
फुल्ने फल्ने बिउ लाग्ने सबै कुरो बिर्सिएर
फुल्ने फल्ने बिउ लाग्ने सबै कुरो बिर्सिएर
कोपिलामै फक्रिएर केहिदिनमै जल्छ मान्छे
धर्यताले उसलाई छोडी धेरै टाडा पुगी गयो
एक दुइ पटक फेल हुदा सधै लाई गल्छ मान्छे
आफ्नो हात्ती लुकाउछ अरुकोमा जुम्रो देखे
जंगिएर सबको समू आनायसै बल्छ मान्छे
Comments
Post a Comment