ठुलो रैछ विचार सबै अटाएर गयौ तिमी
झुपडीका धेरै पिडा घटाएर गयौ तिमी
मनाएर साथी संगी बलिया बांगा स्टमित्र
देश विकासमा सबै लाई खटाएर गयौ तिमी
अन्याय र अत्याचारको भुमरीमा पिल्सिएका
गरिबका डर त्रास हटाएर गयौ तिमी
कुसस्कारमा उम्रिएका विसंगती बोटहरु
अन्तै सारी त्यहाँ बाट कटाएर गयौ तिमी
कुसस्कारमा उम्रिएका विसंगती बोटहरु
अन्तै सारी त्यहाँ बाट कटाएर गयौ तिमी
बहुमतको हित हुने नियम कानुन बनाउन
मौलाएको शाही सत्ता सटाएर गयौ तिमी
Comments
Post a Comment