फाटे पनि मन मुटु सिएको नै राम्रो हुन्छ
हिम्मत गरि सबै समू जिएको नै राम्रो हुन्छ
मन भित्र चाह़ लुकाइ गुम्सिएर रहनु भन्दा
मिली मिली कहिले काइ पिएको नै राम्रो हुन्छ
देखाएर बाहिर रुप भित्र चाउरी हुनु भन्दा
भित्रदरो बरु बाहिरचाही खिएको नै राम्रो हुन्छ
लोभ्याएर अलि अलि ,अलि अलि गर्नु भन्दा
घोप्त्याएर सबै उनलाई दिएको नै राम्रो हुन्छ
यथार्थमा अर्कै अनि देखाउनेमा अर्कै भन्दा
सामुन्नेमै चाहेजति लिएको नै राम्रो हुन्छ
यथार्थमा अर्कै अनि देखाउनेमा अर्कै भन्दा
सामुन्नेमै चाहेजति लिएको नै राम्रो हुन्छ
Comments
Post a Comment