घन्टौ घण्ट उनकै कुरा सुनीदिउ जस्तो लाग्छ
उनलाईनै जीवन साथी चुनिदिउ जस्तो लाग्छ
हऱाउदा पल पल उनै संग पाउछु अचेल
दुइ मात्र अटने जाल बुनीदिउ जस्तो लाग्छ
हरेक पल हरेक क्षण मुटु भित्रै सजाई राख्न
उनिभित्र हुदा झ्याल थुनीदिउ जस्तो लाग्छ
मेरो भन्नु एक मात्र उनिनै हो मात्र उनि
उनी लाई नै सयौ जुनी ,जुनी दिउ जस्तो लाग्छ
उनी लाई नै सयौ जुनी ,जुनी दिउ जस्तो लाग्छ
Comments
Post a Comment