दुनियाले भन्दै गरुन नरिसाउनु आत्तिएर
गल्छन हात खुट्टा गल्छन नबिसाउनु आत्तिएर
मौका पाउदा बढछन् अघी पहिले आफ्ना हरु
खोज्छन मन पेट तर नमिसाउनु आत्तिएर
ठेल्ने हरु तान्ने हरु चिन्न गारो हुन्छ यहाँ
विचार गर्नु सकेसम्म , नाचिसाउनु आत्तिएर
अस्ताउछन् घाम तर उदाउन लाई फेरी पनि
आउछ दिन त्यसैलेत नपिसाउनु आत्तिएर
Comments
Post a Comment