रंगिन त्यो लोला संगै होलीले रंगयो
रंगिएको मन अझै चोलीले रंगयो
रंगिएको मन अझै चोलीले रंगयो
रातै पर्यो रंगाएर जता ततै रातै रातो
सुरिलो त्यो बटुलिको बोलीले रंगयो
रंगिन रैछ दुनिया यो रंगाईमै मस्ती
गुलिया ति मिठाईका सोलीले रंगयो
भित्रै रंग बाहिरै रंग अन्त त ति
साना साना गोटी जस्ता गोलिले रंगयो
अती त नगर्नु नि भन्दा लाग्ने होइन रैछ
हुदा हुदा हिलो संगको खोलिले रंगयो
Comments
Post a Comment