ठुलो सोरले बोल्ने हरुकै बोली हराउछ
हाम्रो थियो हिजो सम्म आज खोली हराउछ
के खान्छन् ति सपथ पनि देशको सेवक भन्नेहरु
सत्रु सामु पर्दा उस्को बारुज गोली हराउछ
मज्दुरको मेहेनत दिनभरको सानो कमाइ
जब हुन्छ साझ उस्को त्यो झोली हराउछ
हेर्छ मात्र देख्दैन त्यो बैरो हुन्छ नसुन्ने झै
उस्कै सामु दिनदहाडै सडकमा चोली हराउछ
धेरै थिए हिजो सम्म भोलीका ति सपना हरु
आज हुन्छ सपना को त्यो भोली हराउछ
Comments
Post a Comment