लालिगुरास सुनाखरी फुलोस देश नेपाल
झलमल दिपमाला झुलोस देश नेपाल
सहिदको रगतले रंगिएको मातृभूमी
बिदेसीले हेप्न अब भुलोस देश नेपाल
मेची काली फैलिएको तराई पहाड यहाँ
संसारमा पहिचान खुलोस देश नेपाल
अनेकतामा एकताको गाथा गाउने हामी
जाती धर्म लिंग पेशा घुलोस देश नेपाल
हिमाल पहाड तराईमा हराएका भेस भुसा
खोज्दै खोज्दै संसार भर डुलोस देश नेपाल
झलमल दिपमाला झुलोस देश नेपाल
सहिदको रगतले रंगिएको मातृभूमी
बिदेसीले हेप्न अब भुलोस देश नेपाल
मेची काली फैलिएको तराई पहाड यहाँ
संसारमा पहिचान खुलोस देश नेपाल
अनेकतामा एकताको गाथा गाउने हामी
जाती धर्म लिंग पेशा घुलोस देश नेपाल
हिमाल पहाड तराईमा हराएका भेस भुसा
खोज्दै खोज्दै संसार भर डुलोस देश नेपाल
Comments
Post a Comment