फूलभन्दा राम्री तिमी अँझ राम्री जून भन्दा
हिरा मोतीभन्दा राम्री धेरै राम्री सुन भन्दा
सारंगी र बिनायोको संगीत त उस्सै राम्रो
त्यो भन्दा नि राम्रो स्वर बाँसुरीको धुन भन्दा
आखा राम्रो,नाक राम्रो, केस राम्रो, टाउको राम्रो
दाज्दै जान्छु अल्मलिन्छु कुन राम्रो कुन भन्दा
ढकमक्क फुलेको त्यो जवानी त त्यसै राम्रो
रिसाउदा झनै राम्री सुक्क सुक्क रुन भन्दा
हेर्दा हेर्दै भुलिगए बिर्सिएछु सबै कुरा
बिर्सिएकै बेस बरु मनमा अरु हुन भन्दा
सधैभरि तिमी मेरो अंगालोमा बस्ने भए
अंगालोमै कस्न राम्रो लुकिचोरी छुन भन्दा
Comments
Post a Comment