Skip to main content

फेरी याद आयो

त्यही   बाटो  हिड्नु  पर्यो  फेरी  याद  आयो
काल रात्री भइगो आउदा  त्यो अधेरी याद आयो

हावा  हुरी  धुलो  संगै  सुकेका  ति  बुट्यान  चिर्दा
खस्ल्याँङ खस्ल्याँङ आवाज अनि खडेरी याद आयो

पातसरी  सानो कुवा लामो बाटो अधेरीमा
अञ्जुलिले प्यास मेट्या पधेरी याद आयो

मैले झार्दा  उनी थाप्थिन उन्ले  झार्दा  मैले
आधा आधा पारी   खाको  चेरी  याद आयो

छुट्ने बेला , कसो  गरौ  कसो,  भाथ्यो
लुकी बस्यौ धेरैबेर तेइ मझेरी याद आयो



Comments