धुवा धुलो हुरी बतास खडेरी लागेको छ छितिजको बादल पूर्व कहिले पश्चिम सारेको छ
चोटै चोटको चोटेरुलाई दुख्दैनकी सोच्छन क्यार नत्र किन घोच्छन फेरी हेर्दा सबै फाटेको छ
संघर्सको मैदानपनि कति फराक बनिएछ एउटा कुनो छितिजमा अर्को पाताल पसेको छ
थुन्दै गयो एका तर्फ़ अर्को तर्फ़ फुट्दै जाने नथामिने नरोकिने मनमा पैरो लडेको छ
चारै तिर छेक्दै पासो, जाल नजिक आउदै गर्दा भाग्दा भाग्दै जिबन अचेल साह्रै साह्रै गलेको छ
रुख बाहेक हाम्लाई देख्ने तारा अनि जुन थियो अरु हुदा नबज्ने त्यो संगीतको धुन थियो बादल लाग्दा छाया पर्थ्यो त्यही छायामा छेल्लिएर पर्तेकले पर्तेकलाई अलग अलग छुन थियो झरनाको पानी बाहिर छंग छंग गरि बजे पनि गड-गडाएर बग्ने केवल नसा भित्र खुन थियो रसिला ती मोती दाना जुन ताराले बर्षाउदा खान्न खान्न भन्दै खाने त्यही राम्रो गुन थियो महँगो होला हिरा मोति सुन महँगो होला तर मेरो त्यहिँ साझ अकबरी सुन थियो .जे जे आउछ आउदै गरोस,जाने जादै गर्छ मलाई, उनि मेरी म उनको त्यती मात्र हुन् थियो आट थियो जात थियो भरोसा र साथ थियो आजपनि बहकिन्छ मन अनी साथी सोध्छन कुन थियो
Comments
Post a Comment