बिगतमा पुर्बजले मेची काली तरेको शान
तोप सँग तरबारले मुकाबिला गरेको शान
पानी बिनै नालापानी युद्ध लड्ने हाम्रा पुर्खा
लड्दा लड्दै यिनका अघि अंग्रेजको झरेको शान
कहिले पूर्व टिस्टा अनि कहिले पश्चिम कंगडामा
सर्दा सर्दै स्वदेश अनि बिदेशमा सरेको शान
आज हाम्रो पहिचान गोर्खालीका सन्तान गोर्खे
शिर उच्च यिनको कामले संसारमा छरेको शान
पोख्ने होइन थप्दै जाने अझ झुसी पार्नु पर्छ
बेच्न हुन्न बुझ मान्छे ज्यान साटी भरेको शान
Comments
Post a Comment