च्याउ फूल नफूल्ने वनस्पतिअन्तर्गत पर्दछ ।च्याउजातिका बिरुवाहरु फन्जाई वर्गमा पर्दछ्न् । यो एक प्रकारको ढुसी हो । यो ढुसी मसिनो धागोको जालिजस्तै हुन्छ । यसलाई माइसेलियम भनिन्छ । यि बिरुवाहरुमा हरितकण नहुने हुनाले यिनिहरुले प्रकाश संश्लेषण क्रिया गर्न सक्तैनन् । यि बिरुवाहरु मृतोपजीवी हुन् । यिनिहरु कुहिएको वस्तुमा, चिसो र ओसिलो ठाउँमा उम्रन्छ्न् । च्याउमा प्रोटिन, भिटामिनहरूमा थाइमिन, राइवोˆलेविन, नाइसिन, वायोटिन, एसकर्भिक एसिड, विभिन्न मिनरल्स, विभिन्न एमिनो एसिडस् आदि तìवहरू पाइन्छ। त्यस्तै, भिटामिन ए, बी, सी, खनिज र क्याल्सियम पनि पाइन्छ। बोसो नगन्य मात्रामा पाइन्छ, च्याउमा स्टार्च हुँदैन, त्यसैले च्याउलाई पौष्टिक खानाको रूपमा लिइएको हो। च्याउ अति नै पौष्टिकतत्वयुक्त र स्वास्थ्यबर्द्धक खाद्यवस्तुका रूपमा चिनिने गर्छ । बर्षाको मौसममा नेपालका वन, पाखा तथा खाली चउरहरूमा समेत च्याउहरू प्रशस्त उम्रने गर्दछन् । प्राकृतिक रूपमा उम्रने च्याउहरू कतिपय अति पौष्टिकतत्वपाइने र खानमा पनि स्वादिला हुन्छन् भने कतिपय त्यतिकै मात्रामा बिषालु पनि । लगभग उस्तै रंग तथा आकारमा पाइने हुनाले च्याउका ...