Skip to main content

च्याउ के हो ?

च्याउ फूल नफूल्ने वनस्पतिअन्तर्गत पर्दछ ।च्याउजातिका बिरुवाहरु फन्जाई वर्गमा पर्दछ्न् । यो एक प्रकारको ढुसी हो । यो ढुसी मसिनो धागोको जालिजस्तै हुन्छ । यसलाई माइसेलियम भनिन्छ । यि बिरुवाहरुमा हरितकण नहुने हुनाले यिनिहरुले प्रकाश संश्लेषण क्रिया गर्न सक्तैनन् । यि बिरुवाहरु मृतोपजीवी हुन् । यिनिहरु कुहिएको वस्तुमा, चिसो र ओसिलो ठाउँमा उम्रन्छ्न् ।

च्याउमा प्रोटिन, भिटामिनहरूमा थाइमिन, राइवोˆलेविन, नाइसिन, वायोटिन, एसकर्भिक एसिड, विभिन्न मिनरल्स, विभिन्न एमिनो एसिडस् आदि तìवहरू पाइन्छ। त्यस्तै, भिटामिन ए, बी, सी, खनिज र क्याल्सियम पनि पाइन्छ। बोसो नगन्य मात्रामा पाइन्छ, च्याउमा स्टार्च हुँदैन, त्यसैले च्याउलाई पौष्टिक खानाको रूपमा लिइएको हो।


च्याउ अति नै पौष्टिकतत्वयुक्त र स्वास्थ्यबर्द्धक खाद्यवस्तुका रूपमा चिनिने गर्छ । बर्षाको मौसममा नेपालका वन, पाखा तथा खाली चउरहरूमा समेत च्याउहरू प्रशस्त उम्रने गर्दछन् । प्राकृतिक रूपमा उम्रने च्याउहरू कतिपय अति पौष्टिकतत्वपाइने र खानमा पनि स्वादिला हुन्छन् भने कतिपय त्यतिकै मात्रामा बिषालु पनि । लगभग उस्तै रंग तथा आकारमा पाइने हुनाले च्याउका धेरै प्रजातीहरूमा खानयोग्य र बिषालु छुट्याउँन गार्‍हो पनि हुन्छ । कुन च्याउ खानयोग्य र कुन बिषालु हुन्छन् भन्ने छुट्याउँन मानिसहरू परम्परागत ज्ञानको प्रयोग गर्छन् । तर कतिपय अवश्थामा यो क्रम भंग हुन्छ र मानिसहरू अकालमा मृत्युको शिकार बन्छन् । अब बर्षा सुरु हुदैछ । बारीका डिलमा र जतासुकै च्याउ उम्रिन सुरु हुन्छ । फेरि पनि पहिलेका बर्षमा जस्तै च्याउ खाएर मृत्युवरण गरेका समाचार सुन्न नपरोस् । यसैले आँउनुहोस् च्याउको बारेमा केहि जानकारी साटासाट गरौं ।

गलत धारणा १ : किराहरूले बिषालु च्याउ खादैनन् वा किराले खाएको च्याउ बिषालु हुदैन बुझ्नु पर्ने कुरा के हो भने सबै जीवजनावारका लागि बिषहरू एउटै हुँदैनन् । कुनै कुनै यस्ता बिषहरू हुन्छन्, जुन निश्चित जीवजन्तुलाईमात्र हानी गर्न सक्छन् । यसैले किराहरूका लागि बिषालु नहुने च्याउहरू मानिसहरूका लागि बिषालु हुनसक्छन् । एमानिटा फालोइड्स प्रजातीको च्याउमा किरा लाग्छन् तर यो मानिसका लागि बिषालु हुन्छ ।

गलत धारणा २ : बिषालु च्याउले चाँदीलाई कालो बनाउँछ धेरै मानिसहरू पकाएको बिषालु च्याउमा चाँदी डुबाउँदा कालो हुने विश्वास गर्छन् । तर हालसम्म कुनै पनि बिषालु च्याउमा चाँदीसँग प्रतिक्रिया गर्ने तत्व भेटिएको छैन । यसको मतलब, च्याउलाई चाँदीसँग कुनै लिनुदिनु छैन र च्याउमा चाँदी डुबाउँदा चाँदीको रंगमा परिवर्तन हुदैन ।

गलत धारणा ३ : बिषालु च्याउहरू स्वादिला हुँदैनन् धेरै मानिसहरू खानयोग्य च्याउहरूमात्र स्वादिला हुने र बिषालुहरू च्याउ तीतो या टर्रो या वेस्वादिलो हुने ठान्छन् । तर यो सत्य होइन । एमानिटा च्याउ पकाएर स्वाद मानी मानी खाएकाहरू मृत्युको मुखमा पुगेर धन्न फर्किएका छन् । तिनलाई सोध्दा च्याउ खाँदा स्वादिलो भएको बताएका थिए ।

गलत धारणा ४ : राम्ररी पकाएमा सबै च्याउ खान योग्य हुन्छन् कुखुराको मासु राम्ररी पकाएर (६० से. भन्दा माथि) खाँदा बर्डफ्लू लाग्दैन भने जस्तो हैन । कतिपय च्याउमा भएका बिष जति पकाएपनि बिषालु नै रहन्छ । अल्फा एमानाइटिन जस्ता च्याउमा पाइने बिषहरूले तापक्रमसँग कुनै सम्बन्ध राख्दैनन् । यस्ता च्याउहरू जति पकाएर खाएपनि खतरनाक हुन्छन् ।

गलत धारणा ५ : बिषालु च्याउले भातलाई रातो बनाउँछ यो गलत सोचाईले पनि मानिसहरू मृत्युको शिकार बनेका छन् । नेपालमा च्याउ खाएर बिरामी भएकाहरूले पनि च्याउसँग सेतो भात नै खाएका थिए । अहिलेसम्म कसैले पनि च्याउलाई भातमा मिसाउँदा रातो भएको देखेको बताएका छैनन् ।

गलत धारणा ६ : बिषालु च्याउको टुप्पो तिखो हुन्छ एमानिटा फालोइड्स प्रजातीको च्याउको टुप्पो वयश्क अवश्थामा सतह मिलेको, टुप्पो तिखो नभएको हुन्छ । धेरै बिषालु च्याउहरूमा पनि टुप्पो तिखो हुदैन । त्यस्तै खानयोग्य च्याउहरूमा पनि टुप्पो तिखो हुन सक्छ ।


बिषालु च्याउ खाँदा कस्तो लक्षण देखिन्छ बिषालु च्याउ खाँदा देखापर्ने प्रारम्भिक लक्षणहरू बान्ता, पखाला, टाउको दुख्ने तथा रिंगटा लाग्ने हुन्छ । यसपछि बिरामीले केही सञ्चो भएको अनुभव गर्नसक्छ । तर बिषको असर केही क्षण पछाडी पुनः देखिन थाल्छ । कुनै कुनै च्याउले केही समयमा नै मृत्यु गराउँछ भने कुनै च्याउ खाएर प्रारम्भिक लक्षण देखिएको दुई तिन दिन पछि मात्र कलेजो तथा मृगौलामा असर देखाउँन थाल्छ । जसको दुई हप्ता भित्र मृत्यु हुन सक्छ । यसैले च्याउ खाएको केही समय भित्र माथि उल्लेख गरिए अनुसारका लक्षण देखिए तुरुन्त अस्पताल जानुहोस् ।

बिषालु च्याउबाट कसरी जोगिने सबैभन्दा पहिले बिषालु च्याउबाट जोगिनु यस्ता च्याउ नखानु नै हो । व्यवसायिकरूपमा खेती गरिएका च्याउहरू सुरक्षित हुन्छन् । भरसक जतासुकैको वा केटाकेटीले ल्याएको च्याउ खाँदै नखानुहोस् । होस् गर्नुहोस्, च्याउ खान अनुभव र आँट होइन, ज्ञान चाहिन्छ ।

Comments

Popular posts from this blog

गुगलमा कसरी सजीलै पैसो कमाउने

Google Rewards मा साइन अप गर्ने १० सजिला चरणहरू 1. Google Play Store (एन्ड्रोइड) वा App Store (iPhone) खोल्नुहोस्। 2. सर्च बारमा “Google Opinion Rewards” टाइप गर्नुहोस्। 3. Google LLC द्वारा बनाइएको अफिसियल एप चयन गर्नुहोस्। 4. Install (इन्स्टल) गर्नुहोस्। 5. इन्स्टल भएपछि एप खोल्नुहोस्। 6. आफ्नो Google अकाउन्ट प्रयोग गरेर Sign in (साइन इन) गर्नुहोस्। 7. देखाइएको Terms and Conditions (नियम र सर्तहरू) स्वीकार गर्नुहोस्। 8. Location Access (स्थान अनुमति) दिनुहोस् — यसले तपाईंलाई उपयुक्त सर्वे पठाउन मद्दत गर्छ। 9. आफ्नो प्रोफाइल पूरा गर्नुहोस्, जस्तै उमेर, लिङ्ग, देश आदि विवरणहरू भर्नुहोस्। 10. सबै सेटअप सकिएपछि, पहिलो सर्वे (survey) को प्रतिक्षा गर्नुहोस् — जब सर्वे उपलब्ध हुन्छ, Google ले तपाईंलाई जानकारी दिनेछ। • सर्वे पूरा गरेपछि तपाईंलाई Google Play Credits (एन्ड्रोइडका लागि) वा PayPal मार्फत नगद (iPhone का लागि) प्राप्त हुनेछ।

Good Morning America

 Cold weather is approaching soon  Be safe, stay warm In some areas temperature going below negative 50. Big snow fall and cold wind. Dont go outside unless it is emergence. wind chill can affect your skin even in a minute. 

अमेरिकामा नेपालीहरूको जीवन: सङ्घर्ष, सफलता र पहिचान

अमेरिकामा नेपालीहरूको जीवन: सङ्घर्ष, सफलता र पहिचान परिचय पछिल्ला केही दशकहरूमा संयुक्त राज्य अमेरिका (अमेरिका) नेपाली आप्रवासीहरूका लागि सबैभन्दा आकर्षक गन्तव्यहरूमध्ये एक बनेको छ। प्रारम्भमा शिक्षा र रोजगारीका अवसरका कारण अमेरिका जानेहरू धेरै थिए, तर आज यो देशमा नेपालीहरूको एउटा जीवन्त, संगठित र बढ्दो समुदाय बसोबास गरिरहेको छ। उनीहरूले अमेरिकी समाज, संस्कृति र अर्थतन्त्रमा योगदान दिँदै आफ्नो नेपाली पहिचान जोगाइरहेका छन्। विद्यार्थी, पेशेवर, उद्यमीदेखि समुदायका अगुवासम्म, अमेरिकास्थित नेपालीहरूले दृढता, परिश्रम र अनुकूलनशीलतामा आधारित एउटा छुट्टै पहिचान बनाएका छन्। यस निबन्धमा अमेरिकी भूमिमा नेपाली आप्रवासनको इतिहास, जनसांख्यिकी, आर्थिक स्थिति, सामाजिक सहभागिता, र राजनीतिक योगदानको यात्रा विस्तृत रूपमा विवेचना गरिएको छ। अमेरिकातर्फ नेपाली आप्रवासनको इतिहास अन्य पुराना आप्रवासी समुदायहरू — जस्तै भारतीय, चिनियाँ वा फिलिपिनीहरूको तुलनामा — अमेरिकातर्फको नेपाली आप्रवासन अपेक्षाकृत नयाँ हो। पहिलो लहर १९६० र १९७० को दशकमा देखा पर्‍यो, जब विद्यार्थी र पेशेवरहरू उच्च शिक्षा र रोजगारीका लागि अ...