Skip to main content

च्याउ के हो ?

च्याउ फूल नफूल्ने वनस्पतिअन्तर्गत पर्दछ ।च्याउजातिका बिरुवाहरु फन्जाई वर्गमा पर्दछ्न् । यो एक प्रकारको ढुसी हो । यो ढुसी मसिनो धागोको जालिजस्तै हुन्छ । यसलाई माइसेलियम भनिन्छ । यि बिरुवाहरुमा हरितकण नहुने हुनाले यिनिहरुले प्रकाश संश्लेषण क्रिया गर्न सक्तैनन् । यि बिरुवाहरु मृतोपजीवी हुन् । यिनिहरु कुहिएको वस्तुमा, चिसो र ओसिलो ठाउँमा उम्रन्छ्न् ।

च्याउमा प्रोटिन, भिटामिनहरूमा थाइमिन, राइवोˆलेविन, नाइसिन, वायोटिन, एसकर्भिक एसिड, विभिन्न मिनरल्स, विभिन्न एमिनो एसिडस् आदि तìवहरू पाइन्छ। त्यस्तै, भिटामिन ए, बी, सी, खनिज र क्याल्सियम पनि पाइन्छ। बोसो नगन्य मात्रामा पाइन्छ, च्याउमा स्टार्च हुँदैन, त्यसैले च्याउलाई पौष्टिक खानाको रूपमा लिइएको हो।


च्याउ अति नै पौष्टिकतत्वयुक्त र स्वास्थ्यबर्द्धक खाद्यवस्तुका रूपमा चिनिने गर्छ । बर्षाको मौसममा नेपालका वन, पाखा तथा खाली चउरहरूमा समेत च्याउहरू प्रशस्त उम्रने गर्दछन् । प्राकृतिक रूपमा उम्रने च्याउहरू कतिपय अति पौष्टिकतत्वपाइने र खानमा पनि स्वादिला हुन्छन् भने कतिपय त्यतिकै मात्रामा बिषालु पनि । लगभग उस्तै रंग तथा आकारमा पाइने हुनाले च्याउका धेरै प्रजातीहरूमा खानयोग्य र बिषालु छुट्याउँन गार्‍हो पनि हुन्छ । कुन च्याउ खानयोग्य र कुन बिषालु हुन्छन् भन्ने छुट्याउँन मानिसहरू परम्परागत ज्ञानको प्रयोग गर्छन् । तर कतिपय अवश्थामा यो क्रम भंग हुन्छ र मानिसहरू अकालमा मृत्युको शिकार बन्छन् । अब बर्षा सुरु हुदैछ । बारीका डिलमा र जतासुकै च्याउ उम्रिन सुरु हुन्छ । फेरि पनि पहिलेका बर्षमा जस्तै च्याउ खाएर मृत्युवरण गरेका समाचार सुन्न नपरोस् । यसैले आँउनुहोस् च्याउको बारेमा केहि जानकारी साटासाट गरौं ।

गलत धारणा १ : किराहरूले बिषालु च्याउ खादैनन् वा किराले खाएको च्याउ बिषालु हुदैन बुझ्नु पर्ने कुरा के हो भने सबै जीवजनावारका लागि बिषहरू एउटै हुँदैनन् । कुनै कुनै यस्ता बिषहरू हुन्छन्, जुन निश्चित जीवजन्तुलाईमात्र हानी गर्न सक्छन् । यसैले किराहरूका लागि बिषालु नहुने च्याउहरू मानिसहरूका लागि बिषालु हुनसक्छन् । एमानिटा फालोइड्स प्रजातीको च्याउमा किरा लाग्छन् तर यो मानिसका लागि बिषालु हुन्छ ।

गलत धारणा २ : बिषालु च्याउले चाँदीलाई कालो बनाउँछ धेरै मानिसहरू पकाएको बिषालु च्याउमा चाँदी डुबाउँदा कालो हुने विश्वास गर्छन् । तर हालसम्म कुनै पनि बिषालु च्याउमा चाँदीसँग प्रतिक्रिया गर्ने तत्व भेटिएको छैन । यसको मतलब, च्याउलाई चाँदीसँग कुनै लिनुदिनु छैन र च्याउमा चाँदी डुबाउँदा चाँदीको रंगमा परिवर्तन हुदैन ।

गलत धारणा ३ : बिषालु च्याउहरू स्वादिला हुँदैनन् धेरै मानिसहरू खानयोग्य च्याउहरूमात्र स्वादिला हुने र बिषालुहरू च्याउ तीतो या टर्रो या वेस्वादिलो हुने ठान्छन् । तर यो सत्य होइन । एमानिटा च्याउ पकाएर स्वाद मानी मानी खाएकाहरू मृत्युको मुखमा पुगेर धन्न फर्किएका छन् । तिनलाई सोध्दा च्याउ खाँदा स्वादिलो भएको बताएका थिए ।

गलत धारणा ४ : राम्ररी पकाएमा सबै च्याउ खान योग्य हुन्छन् कुखुराको मासु राम्ररी पकाएर (६० से. भन्दा माथि) खाँदा बर्डफ्लू लाग्दैन भने जस्तो हैन । कतिपय च्याउमा भएका बिष जति पकाएपनि बिषालु नै रहन्छ । अल्फा एमानाइटिन जस्ता च्याउमा पाइने बिषहरूले तापक्रमसँग कुनै सम्बन्ध राख्दैनन् । यस्ता च्याउहरू जति पकाएर खाएपनि खतरनाक हुन्छन् ।

गलत धारणा ५ : बिषालु च्याउले भातलाई रातो बनाउँछ यो गलत सोचाईले पनि मानिसहरू मृत्युको शिकार बनेका छन् । नेपालमा च्याउ खाएर बिरामी भएकाहरूले पनि च्याउसँग सेतो भात नै खाएका थिए । अहिलेसम्म कसैले पनि च्याउलाई भातमा मिसाउँदा रातो भएको देखेको बताएका छैनन् ।

गलत धारणा ६ : बिषालु च्याउको टुप्पो तिखो हुन्छ एमानिटा फालोइड्स प्रजातीको च्याउको टुप्पो वयश्क अवश्थामा सतह मिलेको, टुप्पो तिखो नभएको हुन्छ । धेरै बिषालु च्याउहरूमा पनि टुप्पो तिखो हुदैन । त्यस्तै खानयोग्य च्याउहरूमा पनि टुप्पो तिखो हुन सक्छ ।


बिषालु च्याउ खाँदा कस्तो लक्षण देखिन्छ बिषालु च्याउ खाँदा देखापर्ने प्रारम्भिक लक्षणहरू बान्ता, पखाला, टाउको दुख्ने तथा रिंगटा लाग्ने हुन्छ । यसपछि बिरामीले केही सञ्चो भएको अनुभव गर्नसक्छ । तर बिषको असर केही क्षण पछाडी पुनः देखिन थाल्छ । कुनै कुनै च्याउले केही समयमा नै मृत्यु गराउँछ भने कुनै च्याउ खाएर प्रारम्भिक लक्षण देखिएको दुई तिन दिन पछि मात्र कलेजो तथा मृगौलामा असर देखाउँन थाल्छ । जसको दुई हप्ता भित्र मृत्यु हुन सक्छ । यसैले च्याउ खाएको केही समय भित्र माथि उल्लेख गरिए अनुसारका लक्षण देखिए तुरुन्त अस्पताल जानुहोस् ।

बिषालु च्याउबाट कसरी जोगिने सबैभन्दा पहिले बिषालु च्याउबाट जोगिनु यस्ता च्याउ नखानु नै हो । व्यवसायिकरूपमा खेती गरिएका च्याउहरू सुरक्षित हुन्छन् । भरसक जतासुकैको वा केटाकेटीले ल्याएको च्याउ खाँदै नखानुहोस् । होस् गर्नुहोस्, च्याउ खान अनुभव र आँट होइन, ज्ञान चाहिन्छ ।

Comments

Popular posts from this blog

Nepali Nurse and doctors in The USA

According to the Non‑Resident Nepali Association (NRNA) Americas (doctors + nurses + allied health) estimates: there are over 2,500 doctors and over 5,500 nurses of Nepali origin working in the Americas (U.S., Canada, Caribbean, Central & South America). That would put the total Nepali-origin health workforce in the Americas at “over 15,000” when including paramedics, lab techs, pharmacists, public-health professionals.  From a Nepali media article: The Nepal Medical Council (NMC) reports many Nepali doctors are migrating abroad. For instance: in 2023, 843 doctors took certification to go to the U.S., and in 2022 about 496 to the U.S. A study of graduates of the Institute of Medicine (IOM) in Nepal found: of 710 doctors from early batches, 256 (≈36 %) were working abroad; for the last two batches studied the overseas share was 53.5 %.  Regarding nurses: More than one-third of the 115,900 nurses registered with the Nepal Nursing Council (NNC) had sought documen...

अमेरिकामा नेपालीहरूको जीवन: सङ्घर्ष, सफलता र पहिचान

अमेरिकामा नेपालीहरूको जीवन: सङ्घर्ष, सफलता र पहिचान परिचय पछिल्ला केही दशकहरूमा संयुक्त राज्य अमेरिका (अमेरिका) नेपाली आप्रवासीहरूका लागि सबैभन्दा आकर्षक गन्तव्यहरूमध्ये एक बनेको छ। प्रारम्भमा शिक्षा र रोजगारीका अवसरका कारण अमेरिका जानेहरू धेरै थिए, तर आज यो देशमा नेपालीहरूको एउटा जीवन्त, संगठित र बढ्दो समुदाय बसोबास गरिरहेको छ। उनीहरूले अमेरिकी समाज, संस्कृति र अर्थतन्त्रमा योगदान दिँदै आफ्नो नेपाली पहिचान जोगाइरहेका छन्। विद्यार्थी, पेशेवर, उद्यमीदेखि समुदायका अगुवासम्म, अमेरिकास्थित नेपालीहरूले दृढता, परिश्रम र अनुकूलनशीलतामा आधारित एउटा छुट्टै पहिचान बनाएका छन्। यस निबन्धमा अमेरिकी भूमिमा नेपाली आप्रवासनको इतिहास, जनसांख्यिकी, आर्थिक स्थिति, सामाजिक सहभागिता, र राजनीतिक योगदानको यात्रा विस्तृत रूपमा विवेचना गरिएको छ। अमेरिकातर्फ नेपाली आप्रवासनको इतिहास अन्य पुराना आप्रवासी समुदायहरू — जस्तै भारतीय, चिनियाँ वा फिलिपिनीहरूको तुलनामा — अमेरिकातर्फको नेपाली आप्रवासन अपेक्षाकृत नयाँ हो। पहिलो लहर १९६० र १९७० को दशकमा देखा पर्‍यो, जब विद्यार्थी र पेशेवरहरू उच्च शिक्षा र रोजगारीका लागि अ...

प्रियसी संगको त्यो क्षण

रुख बाहेक हाम्लाई देख्ने तारा अनि जुन थियो   अरु हुदा नबज्ने त्यो  संगीतको धुन थियो  बादल लाग्दा छाया  पर्थ्यो  त्यही छायामा छेल्लिएर पर्तेकले पर्तेकलाई अलग अलग छुन थियो  झरनाको पानी बाहिर छंग छंग गरि बजे पनि  गड-गडाएर  बग्ने केवल नसा भित्र खुन थियो रसिला ती मोती  दाना जुन ताराले बर्षाउदा खान्न खान्न भन्दै खाने त्यही राम्रो गुन थियो   महँगो होला हिरा मोति सुन महँगो होला  तर मेरो त्यहिँ  साझ अकबरी सुन थियो  .जे जे आउछ  आउदै गरोस,जाने जादै  गर्छ  मलाई, उनि मेरी म उनको त्यती   मात्र हुन् थियो  आट थियो जात थियो  भरोसा र साथ थियो आजपनि बहकिन्छ मन अनी साथी सोध्छन कुन थियो