Skip to main content

Posts

हाम्रो शान

बिगतमा पुर्बजले मेची काली तरेको शान तोप सँग तरबारले मुकाबिला गरेको शान पानी बिनै नालापानी युद्ध लड्ने हाम्रा पुर्खा लड्दा लड्दै यिनका अघि अंग्रेजको झरेको  शान कहिले पूर्व टिस्टा अनि कहिले पश्चिम कंगडामा सर्दा सर्दै स्वदेश अनि बिदेशमा सरेको शान आज हाम्रो पहिचान गोर्खालीका सन्तान गोर्खे शिर उच्च यिनको कामले संसारमा छरेको शान पोख्ने होइन थप्दै जाने अझ झुसी पार्नु पर्छ बेच्न हुन्न बुझ मान्छे ज्यान साटी भरेको शान

जिबन को आरोह अवरोह

धुवा धुलो हुरी बतास खडेरी लागेको छ  छितिजको बादल पूर्व कहिले पश्चिम सारेको छ   चोटै चोटको चोटेरुलाई दुख्दैनकी सोच्छन क्यार  नत्र किन घोच्छन  फेरी हेर्दा सबै फाटेको छ  संघर्सको मैदानपनि कति फराक बनिएछ  एउटा कुनो छितिजमा अर्को पाताल पसेको छ थुन्दै गयो एका  तर्फ़ अर्को तर्फ़ फुट्दै जाने  नथामिने नरोकिने मनमा पैरो लडेको छ  चारै तिर छेक्दै पासो, जाल नजिक आउदै गर्दा  भाग्दा भाग्दै जिबन अचेल साह्रै  साह्रै  गलेको छ  
सबैको हितमा कार्य गर्ने गर्नु नत्र मनमा भय हुन सक्छ धेरै राम्रो गजल पुष्प दाई 
सामान  गार्हो संरक्षीत  फेरी  पालो आउदा लाग्यो  ठुलो  देशका