Skip to main content

Posts

Showing posts from February, 2011

उसको खुसी अन्तै तिर सारी दिने कुरा गर्यौ

उसको  माया अन्तै तिर  सारी दिने कुरा गर्यौ जबरजस्ती सप्तकोशी तारी दिने कुरा गर्यौ आफै मात्र बोलिराखो  बोलेनन् त्यहाँ  कोइ अरु  अरु  बोल्दा बंगारा नै झारी दिने कुरा गर्यौ फर्की जाऊ  उतै जाऊ  यो त सबै मेरै भन्छ  खुलेआम पटक पटक जारी दिने कुरा गर्यो  सोच्दैनथे  कसैलेनी सबै उसकै होला भन्ने  जाऊ जाऊ  भन्छ फर्की  आए  मारी दिने कुरा  गर्यौ
एस पाली ती घरकै  बाछा सदाएर दाऊनु सानु माने काका बोलाएर  चुइने पाखो छाउनुसानु  उपचारमै सकियो पैसा फेरी कामम़ा फर्कदै छू फाटे पनि पुरानै  ति टाल टूल गरि लाउनु सानु बाबा भन्दै छोरो बाटो तीर कुच्छ भन्थेउ जसो तसो क ख पड्ने स्कुलमा लाउनु सानु 

कोइ अरुको कुरा सुन्दै हल्ली हल्ली हिड्ने मान्छे

कोइ अरुको  कुरा  सुन्दै   हल्ली  हल्ली  हिड्ने  मान्छे मेला बजार भिड भाडमा दल्ली दल्ली हिड्ने मान्छे    जानी जानी देखि देखि नदेखेझै जस्तै गरि मूल बाटो त्यो छोडेर  गल्लि गल्लि हिड्ने मान्छे देख्यो भने  चिन्छन होला बोलाऊछन्की  जस्तो गरि चारै तीर हेर्दै छिटो डल्ली डल्ली   हिड्ने मान्छे इनैत  हुन्  सुकुल  गुन्डा  दुले  चोर  यो  देसका  मौका छोप्ने हुन्छन यिनी   छल्ली छल्ली   हिड्ने मान्छे