Skip to main content

Posts

Showing posts from February, 2014

नेताजीहरु के गर्दै छन

कुर्सी, मन्त्रि  ,कुर्सी ,मन्त्रि त्यसै मात्र गर्छ नेता कता अलि  बढी  फाइदा उतै उतै सर्छ नेता  हाम्रो लागि देशको लागि गर्छ भन्ने कुरै छोडौ  कहिले काही  भेट्न जादा उसै आखा तर्छ नेता  माखो मार्ने  हैन देशमा ओठे भासण  गर्दै हिड्यो  खुट्टा यता थुतुनो चाई अर्कै तिर चर्छ नेता  भोका नांगा गरिबको सपना साकार पार्ने  निउमा  आफुलाई चाई पुस्तौ पुग्ने एकैचोटी भर्छ नेता  शब्दै बिग्रियो नेता भन्नु इनको नियतीले  बुडो गोरु कोरलीमा,खै.. त्यसरीनै लर्छ नेता 

राम्री काली को चर्तीकला

मनमनै दन्किएर हास्न खोज्छे काली चुडाउछे साइनो फेरी गास्न खोज्छे काली मनपरी वरिपरी जस्तो लाग्यो गरिहाल्यो पलाएका मुनाहरु लास्न खोज्छे काली अनेकथरी      बहाना     र    रुप    रंगी  चंगी कता गास्छे साइनो अनि यता मास्न खोज्छे काली नबुझिने   माया   प्रिती    तेस्तै     आनिबानी भित्र भिन्नै बाहिर भिन्नै टास्न खोज्छे काली कती चाडो लाग्यो उस्लाई यौवनको मात कुरकुराउने बेलामानै बास्न खोज्छे   काली

यो देशमा के हुदै छ

टुटाउँदै फेरि साइनो गाँस्नेहरू मौलाउँदै छन् छिमेकमा मर्दा पर्दा हाँस्नेहरू मौलाउँदै छन् दुर्जनको होला पालो त्यसैले त आज भोलि टुसाउदैका टुना मुना माँस्नेहरू मौलाउँदै छन् साँरक्षीत छन् दोषीहरू टाउकेबाटै यो देशका गोडछु भन्दै हागा सबै लाँस्नेहरू मौलाउँदै छन् सज्जनलाई आफ्नै गाउँ साझ बिहान भर छैन मध्य रातमा सडकमा बास्नेहरू मौलाउँदै छन् सड्यन्त्र का  हिमायती लाचाहारी र भ्रस्टचारी समान यौटा खोल अर्कै टास्नेहरु मौलाउदै छन्  

उनको र मेरो कुरो

मुटु भित्रै राखौ भन्छु घर घर भन्छौ तिमी तन मन मिली सक्यो थर थर भन्छौ तिमी हाट बजारमा पनि किन ऑफिसकै साइनो गर्ने नामै काडी बोलाऊ भन्छु सर सर भन्छौ तिमी उर्लदो त्यों खहरेको बिस्वास गर्नु हुन्न भन्छन बढ़ीराछ भेल बाढी  तर तर भन्छौ तिमी दुनियाको आखा छोपी काहिले सम्म टिक्ने होला संगै  बाच्ने मर्ने  भन्छु  डर  डर  भन्छौ  तिमी आधा तिम्रो आधा मेरो दुवै मिल्नु पर्छ  भन्छु मलाई मात्र खाली खाली भर भर  भन्छौ  तिमी 

फेरी याद आयो

त्यही   बाटो  हिड्नु  पर्यो  फेरी  याद  आयो काल रात्री भइगो आउदा  त्यो अधेरी याद आयो हावा  हुरी  धुलो  संगै  सुकेका  ति  बुट्यान  चिर्दा खस्ल्याँङ खस्ल्याँङ आवाज अनि खडेरी याद आयो पातसरी  सानो कुवा लामो बाटो अधेरीमा अञ्जुलिले प्यास मेट्या पधेरी याद आयो मैले झार्दा  उनी थाप्थिन उन्ले  झार्दा  मैले आधा आधा पारी   खाको  चेरी  याद आयो छुट्ने बेला , कसो  गरौ  कसो,  भाथ्यो लुकी बस्यौ धेरैबेर तेइ मझेरी याद आयो

कान्छी का कुरा

बुझिएन कुरा तिम्रो भरी  हुने खाली हुने आफै रच्ने बगैचा त्यो अनि आफै माली हुने पानी  हाल्ने गोडमेल गर्ने जरा काट्ने पनि आफै किन सुक्यो भनि सोध्दा तिमी  लाई  गाली हुने तिमी  हुदा फुल यहाँ फुलेको छ फक्रेको छ तिमी आफै माली अनि फुल किन जाली हुने सेती हुने गोरी हुने भन्दै हिड्ने  सुरुमा चाई के पर्यो नि यति चाडै किन रहर काली  हुने आफै रोपी गोडमेल गरी   फुलेका ति फुलहरुको आफु लिने बास्ना  अनि किन रहर साली हुने

नेताजी हरु कस्ता

भित्र खुसि छैन जन्ता  आफ्नै जित मा हास्दा पनि के विश्वास र फेरी तिन्ले  गर्छु भन्दै बस्दा पनि चिच्याए नि कराए नि केहि हुन्न तिन्लाई  यहाँ गोद्छु भन्दै बोटका सबै हाँगाहरु लास्दा  पनि जरा पहिलै  छिनाइ सके बाहिर पानी  हाल्दै गर्छन नसर्माउने जात तिन्को बोट पुरै मस्दा  पनि दिनेआफै खाने आफै बोल्ने कुरो अर्कै हुन्छ खुसि नै छन् देश बेची साइनो  गाढा  गस्दा  पनि निमुखा ति मात्र रैछन कानुन लाग्ने यो देशमा टिक्ने रैछन तिनेरु चाई  खोल अर्कै टास्दा  पानी

नेपाल

लालिगुरास  सुनाखरी फुलोस देश नेपाल झलमल दिपमाला झुलोस देश नेपाल सहिदको रगतले रंगिएको मातृभूमी बिदेसीले  हेप्न अब भुलोस देश नेपाल मेची काली फैलिएको तराई पहाड यहाँ संसारमा पहिचान खुलोस देश नेपाल अनेकतामा एकताको गाथा गाउने हामी जाती  धर्म लिंग पेशा  घुलोस देश नेपाल हिमाल पहाड तराईमा हराएका भेस भुसा खोज्दै खोज्दै संसार भर डुलोस  देश नेपाल

राम्री तिमी

फूलभन्दा राम्री तिमी अँझ राम्री जून भन्दा हिरा मोतीभन्दा राम्री  धेरै राम्री सुन भन्दा सारंगी र बिनायोको संगीत त उस्सै राम्रो त्यो भन्दा नि  राम्रो  स्वर बाँसुरीको धुन भन्दा आखा राम्रो,नाक राम्रो, केस राम्रो, टाउको राम्रो  दाज्दै जान्छु अल्मलिन्छु कुन राम्रो कुन भन्दा     ढकमक्क फुलेको त्यो जवानी त त्यसै राम्रो  रिसाउदा झनै राम्री सुक्क सुक्क रुन भन्दा  हेर्दा हेर्दै भुलिगए बिर्सिएछु सबै  कुरा  बिर्सिएकै बेस बरु मनमा अरु हुन भन्दा     सधैभरि तिमी मेरो अंगालोमा बस्ने भए अंगालोमै कस्न राम्रो लुकिचोरी छुन भन्दा
मिठो लाग्थ्यो लटरम्मै फलेका ति दानाहरु हराई  गए अमन चैन शान्ति हराई  गयो मन माझ शान्ति ल्याउने जल खोज्दै छु म बाटो खोज्दै भौतारिदा बिती  गए पल पल चाडै अब नपख्नुको  हाल खोज्दै छु म 

म आजभोली

तिमी  संगै हराएका    पल    खोज्दै छु म तेतै  आउन ठेल्न लाई  गल खोज्दै छु म  हराई  गए अमन चैन     शान्ति हराई  गयो  मन माझ शान्ति ल्याउने  जल खोज्दै छु म मिठो लाग्थ्यो लटरम्मै   फलेका ति दानाहरु   खादै गयो बढ्दै जाने ति  फल    खोज्दै छु म  रित्तै आइस भन्छौ होला  तेसैले त आजभोली कुर्था  सुरुवाल अनि    एउटा सल  खोज्दै छु म बाटो खोज्दै भौतारिदा बिती  गए पल पल  चाडै अब नपख्नुको    हल   खोज्दै  छु  म