Skip to main content

Posts

Showing posts from March, 2014

हाम्रो शान

बिगतमा पुर्बजले मेची काली तरेको शान तोप सँग तरबारले मुकाबिला गरेको शान पानी बिनै नालापानी युद्ध लड्ने हाम्रा पुर्खा लड्दा लड्दै यिनका अघि अंग्रेजको झरेको  शान कहिले पूर्व टिस्टा अनि कहिले पश्चिम कंगडामा सर्दा सर्दै स्वदेश अनि बिदेशमा सरेको शान आज हाम्रो पहिचान गोर्खालीका सन्तान गोर्खे शिर उच्च यिनको कामले संसारमा छरेको शान पोख्ने होइन थप्दै जाने अझ झुसी पार्नु पर्छ बेच्न हुन्न बुझ मान्छे ज्यान साटी भरेको शान

जिबन को आरोह अवरोह

धुवा धुलो हुरी बतास खडेरी लागेको छ  छितिजको बादल पूर्व कहिले पश्चिम सारेको छ   चोटै चोटको चोटेरुलाई दुख्दैनकी सोच्छन क्यार  नत्र किन घोच्छन  फेरी हेर्दा सबै फाटेको छ  संघर्सको मैदानपनि कति फराक बनिएछ  एउटा कुनो छितिजमा अर्को पाताल पसेको छ थुन्दै गयो एका  तर्फ़ अर्को तर्फ़ फुट्दै जाने  नथामिने नरोकिने मनमा पैरो लडेको छ  चारै तिर छेक्दै पासो, जाल नजिक आउदै गर्दा  भाग्दा भाग्दै जिबन अचेल साह्रै  साह्रै  गलेको छ  
सबैको हितमा कार्य गर्ने गर्नु नत्र मनमा भय हुन सक्छ धेरै राम्रो गजल पुष्प दाई 
सामान  गार्हो संरक्षीत  फेरी  पालो आउदा लाग्यो  ठुलो  देशका 

प्रियसी लाई कन्भिन्स गर्दाको क्षण

नबोलेनी मन भित्र खेल्दै होलान कुराहरु भित्र भित्रै चल्छन पहिले मसिना ति भुराहरु तिम्रो साथ न्यानो लाग्यो  बात पनि तेस्तै सजाउने बाचा गर दिन्छु हातमा चुराहरु उदेस्यमा पुग्नेहरु अकडा र एकोहोरा थाक्दैनन् ति हारमा पनि बाहादुर सुराहरु उकास्ने र पछार्नेको खेल हुन्छ यो कलिमा प्रतिगमन  सलबलाऊछन चाल्छन बीचमा छुराहरु साथ मागे मैले तिम्रो संगै रथ कुदाऊला तिम्रो एउटा मेरो एउटा दुइटा हुन्छन धुराहरु
सारै खुसी को क्षण दिएका छन् नेपाली क्रिकेट खेलाडी हरुले \ सबैजना  खेलाडी हरु लाई धेरै धेरै धन्यवाद   
सम्पूर्ण साहित्य प्रेमी साथीहरु मेरा गजल का प्रयास हरु पडेर कमेन्ट गरिदिनु हुन अनुरोद गर्दछु जनता को काध चढी उसै संग लर्छ नेता चाईदैन निउ तेसै तेसै लर्छ नेता देशको विकास शान्ति सत्भाव कस्ले धेरै कमाउने मै सधै सधै लार्छ नेता 
केही छैन कहिले हार त कहिले जित यस्तै हो खेल भनेको यो हार  बाट नया शक्ती ग्रहण गर्नु पर्छ यतिको खेलेको धेरै राम्रो हो  धेरै धेरै धन्यबात छ खेलाडी साथी हरुलाई 

मनका तरङ्ग हरु

कथा व्यथा गाथा उनकै  सुनिदिउ जस्तो उनलाईनै जिबन साथी चुनिदिउ जस्तो तानाबाना मिलाएर अल्मल्याउदै आफैसंग मिलाएर आधा आधा   उनिदिउ जस्तो हरेक पल हरेक क्षण मुटु भित्रै सजाई राख्न कोठा भित्र हुदा झ्याल    थुनिदिउ जस्तो लाखौ लाखमा एक उनि रोजाइमा पर्दा ,लाग्छ जुनी जुनी    सयौ    जुनी ,जुनीदिउ जस्तो पर पर अलग अलग -अलग अलग कति हिड्नु माया जाल     नफुत्किने     बुनिदिउ जस्तो

हामी बीरका सन्तान मिलेर बसेका

हातेमालो गरि हामी मेची काली गर्नु पर्छ हिमाल पहाड तराई मदेश मिलीजुली भर्नु पर्छ पहाडको अनिकाल तराई ले धान्नु पर्छ तराइमा गर्मी बढे पहाडमा सर्नु पर्छ भाई फुटे गबर लुटे नौलो छैन संसारमा परीआउदा भाइका लागि दजुलेनै लर्नु पर्छ छेत्री लड्दा मगरले काध हाली बोक्नु पर्छ कोशी फुट्दा सगरमाथा शिरमा आशु झर्नु पर्छ तराइमा पराइले  किल्ला हाम्रो ठेल्न खोजे भाला तरबार बोकी पहाड जुध्न तयार पर्नु पर्छ गौतम बुध अरनिको भिर्कुटी  र सीता हाम्रो यिनको नाम देश अनि बिदेशमा छर्नु पर्छ मुस्तांको स्याउमेला झापालीले भर्नुपर्छ

पैसा कमाउन बिदेसिएका सोर्गबासी श्रीमान को यादमा श्रीमती

समुन्द्र पार तरेर गयौ छुटायौ सम्बन्ध माया र प्रेम छरेर गयौ फुटायौ सम्बन्ध ह्रदयमा पस्यौ तनमा खेल्यौ सजियौ  आखामा यौवन मेरो चोरेर गयौ चुटायौ  सम्बन्ध आकासमाथी उड्नेछु भन्थेउ उतै पो बसेछौ छोडेर साना लाला र बाला टुटायौ सम्बन्ध दौतरी तिम्रा छिमेकी साथी बिर्सेका कहाँ छन सबैलाई आफै बिर्सेर उतै जुटायौ सम्बन्ध सृष्टिको खेल दैबको लिला कुन खेल रच्या हुन् त्यही खेलमा तिमी परेछौ प्यारा लुटायौ सम्बन्ध  

मान्छे थरीथरी का

खोल अर्कै टासीकन हल्ली हल्ली हिड्ने मान्छे मेला बजार भिडभाडमा दल्लि  दल्लि  हिड्ने मान्छे जानी  जानी  देखि  देखि  नदेखेझैँ  जस्तै   गरी मूलबाटो त्यो छोडेर गल्लि गल्लि हिड्ने मान्छे देख्योभनि चिन्छन होला बोलाऊछन् कि जस्तो गरी चारै  तिर  हेर्दै  छिटो  डल्लि डल्लि    हिड्ने  मान्छे रेस्टुरा  र  बार   देखि   टुकुरेका   भट्टी  सम्म साझ  बिहान  हरदम  रल्लि रल्लि    हिड्ने  मान्छे अन्जान संग आकाश पाताल मंगल ग्रह तारा जोड्यो जानिफकारका अघि यिनी छल्लि छल्लि हिड्ने मान्छे  

मान्छेको मन कस्तो कस्तो

जता राम्रो उतै तिर सबको हुन्छसर्ने मन लेक बाट बेसी हुदै तराई तिर सर्ने मन कोलाहल मच्चाएर अर्थ छैन जिउनु कुनै सकेसम्म धेरै सम्म माया प्रिती छर्ने  मन पिडा सही चुप चाप नबोलेर बस्नु भन्दा आइलाग्ने हरु संग खुलमखुल्ला पर्ने मन सबै समू आफुलाई चिनाई  राख्न टिकाई राख्न समयमै दुइ चार पैसा जोड जाम गर्ने मन बैस छदा जति सुकै पाप कर्म गरे पनि बुढेसकालमा सबको हुन्छ बैतरणी तर्ने मन सेवा गर्ने धर्म गर्ने यस्तै यस्तै अरु के के ठुलो मान्छे बन्ने तर हुन्न कस्कै मर्ने मन

तिम्रो यादमा

धेरै थिए कुरा मनमा भन्न बाकी थियो बिचमै छोडेउ यात्रा अझ टन्न बाकी थियो बन्दै थियो सानो संसार गोरेटा  र  गल्लीहरु तिमी संग संगै हिड्ने बाटो खन्न बाकी थियो छड़की गयौ अनायासै बादल पारी पुगी गयौ आशु हासो संगै संगै गन्न बाकी थियो आकासमा घुम्दै घुम्दै आकासमै हराई गयौ आकास-जमीन जोड्ने पुल बन्न बाकी थियो कन्याम फिकल भेडेटारका बिगतका यादहरु सम्झनलाई  तिम्रो तस्बिर धन्न बाकी थियो

साथीलाई अर्ती दिन कती सजिलो

सबै भन्छन तिम्रो बारे अचेल जाहा बस्छौ साथी यता आउने भन्दै हिड्यो बीचमा अन्तै पस्छौ  साथी बहाना त ठिकै गर्छौ कला भको  मान्छे तिमी ओहोर दोहोर हेर्दा लाग्छ अब छिट्टै फस्छौ साथी विश्वास तोड़ेउ भित्र भने बाहिर देख्दा उस्तै नै छ आट कित छोड अब नपत्याए खस्छौ साथी तिम्रो बिगत ब्यावहार, विश्वास राम्रो थियो भने उस्ले  सुन्दै चस्व  घोच्ने छुरा किन धस्छौ साथी तितो लाग्ला मेरो कुरो अर्ति बुद्धी यस्तै हुन्छन मान  कुरा नत्र टाढा भाग्न कमर कस्छौ साथी प्रेम चापागाईं