Skip to main content

Posts

के विश्वास

पिडा नै छ भित्र चाई  बाहिर रुन्चे  हास्दा पनि  विश्वास हुन्न गर्छु भन्दै फेरी अब बास्दा  पनि को बोल्ने र तिनी संग  जाने पनि देखे पनि गोद्छु भन्दै   बोटका सबै हाँगाहरु लास्दा पनि दिने आफै खाने आफै  बोल्ने कुरा अर्कै हुन्छ खुसिनै छन् देश  बेची साइनो गाडा गास्दा पनि निमुखा ति मात्र रहिछन कानुन लाग्ने यो देशमा टिक्ने रहिछन  तिनेरु चाई  खोल अर्कै   टास्दा पनि   

काम एक अर्थ अनेक

किताबनै  छन्   झोलामा तर   पड्नुको अर्थ छुट्टै लाईन  मिची मिची कन अघी बड्नु को अर्थछुट्टै सगरमाथा सिखरमा  पाइला रख्न  जाने  पनि सिखर चुम्ने बहना रैछ ,  चडनु को अर्थ छुट्टै ठुला पाटी  ठुला नेता कती लालाइत छन जम्न देस भक्त भन्दै यहाँ लड्नु  को अर्थ  छुट्टै जाली  गुन्डा तिनैत छन सक्तिमा जो छन जगतमा यहाँ चोर चोर भन्दै दगुरेर पकड्नु को अर्थ छुट्टै गर्ने कालु, खाने भालु , अब्जस पाउने लालु हुन्छ याहा  देस प्रेमीहरु   बीचबाटोमै अड़नु को अर्थ  छुट्टै

उसको बानी

हेर्दा  राम्रै  थियो   नि तर बानी  नदेखीने  के थ्यो   बिगत उस्को कहाँनी नदेखीने  ढुङ्गा माटो  धर्तिमाछ यसैमा  छ जिबन  मिर्यु  होला पत्थर हिरामोती  बाहीर खानी  नदेखीने  शिम  थियो  ढकमक्क फुलेकाथे कमल  ती धेरै रैछ गहिराइ  त्यहाँ बहिर  पानी  नदेखिने  फुल फुल्ने हङामा ति तिखा  काडा पनि थिए  घोच्थे दुख्थ्यो  तर भबिस्यको कहाँनी नदेखिने 

कान्छी को कुरा पनि कस्तो कस्तो

के  हो कुरा कान्छी तिम्रो भरी  हुने खाली हुने?  आफै मास्ने बगैचा त्यो अनि आफै माली हुने !  पानी हाल्ने  गोडमेल गर्ने  जरा काट्ने पनि आफै ! किन सुक्यो भनि सोद्धा  तिमीलाई गाली हुने ? तिमी नैत छौ नि  त्यहाँ किन दोस अरु लाई? तिमी माली बगैचाको फुल किन जाली हुने?  आफै रोप्ने आफै गोड्ने  अरुलाई  किन  मोड्ने  आफु  लिने बास्ना  अनि  फेरी किन साली हुने ? सेती हुने गोरी हुने  भन्दै हिड्ने सुरुमा चाई    के को अफर आयो फेरी किन रहर काली हुने ?

होलीको रनक

रंगिन  त्यो लोला  संगै होलीले रंगयो रंगिएको   मन अझै  चोलीले रंगयो  रातै पर्यो  रंगाएर  जता ततै  रातै  रातो सुरिलो त्यो बटुलिको बोलीले रंगयो  रंगिन रैछ  दुनिया यो रंगाईमै मस्ती गुलिया ति मिठाईका सोलीले रंगयो  भित्रै रंग बाहिरै  रंग       अन्त त ति साना साना गोटी जस्ता गोलिले रंगयो  अती  त नगर्नु नि भन्दा लाग्ने होइन रैछ हुदा हुदा हिलो संगको  खोलिले रंगयो

उसको खुसी अन्तै तिर सारी दिने कुरा गर्यौ

उसको  माया अन्तै तिर  सारी दिने कुरा गर्यौ जबरजस्ती सप्तकोशी तारी दिने कुरा गर्यौ आफै मात्र बोलिराखो  बोलेनन् त्यहाँ  कोइ अरु  अरु  बोल्दा बंगारा नै झारी दिने कुरा गर्यौ फर्की जाऊ  उतै जाऊ  यो त सबै मेरै भन्छ  खुलेआम पटक पटक जारी दिने कुरा गर्यो  सोच्दैनथे  कसैलेनी सबै उसकै होला भन्ने  जाऊ जाऊ  भन्छ फर्की  आए  मारी दिने कुरा  गर्यौ
एस पाली ती घरकै  बाछा सदाएर दाऊनु सानु माने काका बोलाएर  चुइने पाखो छाउनुसानु  उपचारमै सकियो पैसा फेरी कामम़ा फर्कदै छू फाटे पनि पुरानै  ति टाल टूल गरि लाउनु सानु बाबा भन्दै छोरो बाटो तीर कुच्छ भन्थेउ जसो तसो क ख पड्ने स्कुलमा लाउनु सानु