Skip to main content

Posts

तिमीचाई नबुझ्ने रछऊ

तिम्रो अघि पछि पर्दा चुरा बजाउछु अलिअलि मात्र होइन म पुरा बजाउछु बिग्रेजस्तो गर्छु कहिले बहानाले कराउछु लडाऊछु साइकल  अनि  धुरा बजाउछु बाहना त्यो बुझ्छन अरु मेरो खिल्ली उडाउछन तर्काउन म  बेग्लै बेग्लै कुरा बजाउछु नघरमा नबाटोमा छटपटी हुन्छ मन बदलामा साना साना  भुरा बजाउछु तिम्रो याद एकातिर अर्कोतिर हासो खिल्ली अति गर्छन रत म खुकुरी र छुरा बजाउछु

सपना सबैका

टोल टोल गल्लि गल्लि हिडे हात समाउदै बिस्वासको झोला थैली सबैलाई छमाउदै चमत्कार देखाउनेले आफ्नो भारी कसे अनि लागेबाटो पोको बोकी तिन्लाई सपना थमाउदै दुइचार घण्टा नबित्तै भुलिगाए सारा सारा सम्झाउदा फुर्सद छैन भन्छन अनि रमाउदै महंगा गाडी घोडा घर यहि मनमा बोक्या रैछन बिर्सी गए बिगत अरु दुइचार करोड कमाउदै कोही हुन्न रैछ जन्ता तिम्रो साथ दिने यहाँ जान्छन मात्र फर्कदैनन बस्छन उतै जमाउदै

अतीथहरु इतिहास बन्छ

आखा आखा मिलाउदाको क्षण दुइटा मुटु संगै सिलाउदाको क्षण  अतालिएको मन, नबुझ्धाको पिडा अन्त्यमा विश्वास दिलाउदाको क्षण अतिथ सम्झदा इतिहास बन्छ छुटटा छुट्टै मिलाएर खिलाऊदाको क्षण खुसी खुसी मिलाएर यौटा खुसी बनाउदा उमङ्गका काडाहरु जिलाऊदाको क्षण हतारिएर दगुर्दै छिटो छिटो तरेका खहरेहरु नदीपुगेर  बिलाउदाको क्षण         

ग्रहदशा चलेपछी यस्तै हो

थाहापायौ चाडै माया  फुट्दा कस्तो हुन्छ  फुटीसक्यो मुटु अझ टुट्दा कस्तो हुन्छ  बिरुद्धमा तिमीभन्दा समय बलवान भइदिदा  भोग्नु पर्यो आफ़ैलेनि छुट्दा कस्तो हुन्छ  आफ्ना सबै एकातिर आफु एकातिर हुदा  बिपक्क्षमा आफ्ना जति जुट्दा कस्तो हुन्छ  हिजोसम्म सुम्सुम्याउदै ओरिपरी  हिड्नेहरु  सर्बस्व त्यो तिनेरलेनै  लुट्दा कस्तो हुन्छ  हुनेबेला आफ्नै घर पर पर भइ दिन्छ  घरकालेनै घरभित्रै कुट्दा कस्तो हुन्छ  धेरै माया चोखो माया जुनी जुनी भन्नेहरु  बदलिएर मायालाईनै चुट्दा कस्तो हुन्छ  

हाम्रो शान

बिगतमा पुर्बजले मेची काली तरेको शान तोप सँग तरबारले मुकाबिला गरेको शान पानी बिनै नालापानी युद्ध लड्ने हाम्रा पुर्खा लड्दा लड्दै यिनका अघि अंग्रेजको झरेको  शान कहिले पूर्व टिस्टा अनि कहिले पश्चिम कंगडामा सर्दा सर्दै स्वदेश अनि बिदेशमा सरेको शान आज हाम्रो पहिचान गोर्खालीका सन्तान गोर्खे शिर उच्च यिनको कामले संसारमा छरेको शान पोख्ने होइन थप्दै जाने अझ झुसी पार्नु पर्छ बेच्न हुन्न बुझ मान्छे ज्यान साटी भरेको शान

जिबन को आरोह अवरोह

धुवा धुलो हुरी बतास खडेरी लागेको छ  छितिजको बादल पूर्व कहिले पश्चिम सारेको छ   चोटै चोटको चोटेरुलाई दुख्दैनकी सोच्छन क्यार  नत्र किन घोच्छन  फेरी हेर्दा सबै फाटेको छ  संघर्सको मैदानपनि कति फराक बनिएछ  एउटा कुनो छितिजमा अर्को पाताल पसेको छ थुन्दै गयो एका  तर्फ़ अर्को तर्फ़ फुट्दै जाने  नथामिने नरोकिने मनमा पैरो लडेको छ  चारै तिर छेक्दै पासो, जाल नजिक आउदै गर्दा  भाग्दा भाग्दै जिबन अचेल साह्रै  साह्रै  गलेको छ