खनी जोती बिऊ बिजन छर्नु परे छर्छु मत माटोत के ढुंगा संग लर्नु परे लर्छु मत साथी संगी मरिमेट्ने सानै देखि बानी लाग्यो माना पाथी जे भेटिन्छ भर्नु परे भर्छु मत यात्रा गर्दा रोक्ने हरु छेक्ने हरु खबरदार बाटो छेक्ने हरु सँग पर्नु परे पर्छु मत मेची देखी काली सम्म जहाँ जानु पर्छ मैले काम पर्दा नदी नालातर्नु परे तर्छु मत नम्लो ड़ोको कुटे बोकी हिड़ने मान्छे परियो धामी बैध ज्योतिसीनि गर्नु परे गर्छु मत