Skip to main content

Posts

उसको खुसी अन्तै तिर सारी दिने कुरा गर्यौ

उसको  माया अन्तै तिर  सारी दिने कुरा गर्यौ जबरजस्ती सप्तकोशी तारी दिने कुरा गर्यौ आफै मात्र बोलिराखो  बोलेनन् त्यहाँ  कोइ अरु  अरु  बोल्दा बंगारा नै झारी दिने कुरा गर्यौ फर्की जाऊ  उतै जाऊ  यो त सबै मेरै भन्छ  खुलेआम पटक पटक जारी दिने कुरा गर्यो  सोच्दैनथे  कसैलेनी सबै उसकै होला भन्ने  जाऊ जाऊ  भन्छ फर्की  आए  मारी दिने कुरा  गर्यौ
एस पाली ती घरकै  बाछा सदाएर दाऊनु सानु माने काका बोलाएर  चुइने पाखो छाउनुसानु  उपचारमै सकियो पैसा फेरी कामम़ा फर्कदै छू फाटे पनि पुरानै  ति टाल टूल गरि लाउनु सानु बाबा भन्दै छोरो बाटो तीर कुच्छ भन्थेउ जसो तसो क ख पड्ने स्कुलमा लाउनु सानु 

कोइ अरुको कुरा सुन्दै हल्ली हल्ली हिड्ने मान्छे

कोइ अरुको  कुरा  सुन्दै   हल्ली  हल्ली  हिड्ने  मान्छे मेला बजार भिड भाडमा दल्ली दल्ली हिड्ने मान्छे    जानी जानी देखि देखि नदेखेझै जस्तै गरि मूल बाटो त्यो छोडेर  गल्लि गल्लि हिड्ने मान्छे देख्यो भने  चिन्छन होला बोलाऊछन्की  जस्तो गरि चारै तीर हेर्दै छिटो डल्ली डल्ली   हिड्ने मान्छे इनैत  हुन्  सुकुल  गुन्डा  दुले  चोर  यो  देसका  मौका छोप्ने हुन्छन यिनी   छल्ली छल्ली   हिड्ने मान्छे

गुफा

गुफा ओडार मात्र थियो बस्नलाई बासको लागी लडी  राथे योध्हा हरु बेबारिसे लासको लागी  सगै  हिड्ने सहकर्मी टुहुराझैँ अलपत्र  लुक्दै हेर्दै   लुक्दै हेर्दै   जोगाउन  सासको लागी  गारै  हुन्छ  पाताल सम्म फैलाएका जरा काट्न  धेरै लड़ेउ सत्रु संघ मुक्ति पाउन दासको लागि  सुनौलो त्यो भबिस्यको सुनिस्चित गर्ने भन्दै  सहिद  भय  धेरै  जना भबिस्यको त्यो आसको लागि 

खनी जोती  बिऊ बिजन  छर्नु परे छर्छु मत माटोत के  ढुंगा संग लर्नु परे लर्छु मत साथी संगी  मरिमेट्ने सानै देखि बानी लाग्यो माना पाथी जे भेटिन्छ भर्नु  परे भर्छु मत यात्रा गर्दा रोक्ने हरु छेक्ने हरु खबरदार बाटो छेक्ने हरु सँग पर्नु परे पर्छु मत   मेची देखी काली सम्म  जहाँ  जानु  पर्छ  मैले काम पर्दा  नदी नालातर्नु परे  तर्छु मत नम्लो ड़ोको कुटे  बोकी  हिड़ने मान्छे  परियो   धामी बैध ज्योतिसीनि गर्नु परे गर्छु  मत

माहोल

बैश हुदा जेबोलेनि ताली दिनेहरुको  ताती  हुन्छ  चिन्नु जान्नु छैन यहाँ साली दिनेको  ताती हुन्छ लक्ष्य  आफ्नो एका तिर कुरा आउछ कता कता  दुनियामा नबिकेका कालि दिनेहरुको ताती हुन्छ

यो मन 38

जता राम्रो उतै तीर सबको हुन्छ सर्ने मन  लेक बाट बेसी हुदै तराई तीर झर्ने  मन  कोलाहल मच्चाएर  अर्थ छैन जिउनु कुनै  सकेसम्म धेरै संग माया प्रिती छर्ने मन  पिडा सही चुप चाप  नबोलेर बस्नु भन्दा  आइलाग्ने हरु संग खुलम खुल्ला लर्ने  मन  संसार लाई चलाउने सन्ततिनि चाइने  हुदा  उमेर छदै जोडा मिलाई सुभलगन गर्ने मन  बैस छदा जति सुकै पाप कर्म गरे पनि  बुढेस कालमा सबको हुन्छ बैतरणी तर्ने मन  सन्तान लाई पिडादिइ धेरै वर्ष बाच्नु   भन्दा  हात गोडा चल्दा चल्दै सजिलैनि मर्ने मन