Skip to main content

Posts

समुन्द्र पार तरेर गयौ छुटायौ सम्बन्ध 65

समुन्द्र पार तरेर गयौ छुटायौ सम्बन्ध  माया र प्रेम छरेर गयौ फुटायौ  सम्बन्ध  हिर्दयमा पसेउ कुनामा बसेउ बिसायौ आखामा  यौबन  मेरो  चोरेर गएउ चूटायौ  सम्बन्ध  आकास माथि उड्ने छु भन्थेउ उतैपो बसेछौ  कालीलो पात झरेर उतै जुटायौ सम्बन्ध  साथी र भाई स्वास्नी र छोरा छोडेर गयौ नि  आकास माथि सरेर गयौ टुटायौ   सम्बन्ध 

न्जानमै हिडेउ होला पेसेवार लुट्ने संघ 66

अन्जानमै हिडेउ होला पेसेवार लुट्ने संघ  होसियार नै हुनु राम्रो अनासै फुट्ने संघ  किन लाग्ने पछी पछी गुमायर  आफ्नो इजत   रक्सि खाई बिनाकारण साथी भाई कुट्ने संघ  .......................................... विश्वास गर्न डेर गर फेरी तेसै जुट्ने संघ  भैगो अब बाटो चीन कुबाटोमा रैछौ तिमी  सबै मिली पर्नु पर्छ  अरु लाई चुट्ने संघ 

मेची देखि काली सम्मै तुवालोले ढाकेको छ 67

मेची देखि काली सम्मै तुवालोले ढाकेको छ  पारीबाट गिद्धे आखा निरंनतर ताकेको छ  सोतंत्रता सोभिमान राजनेताले बेची सके  निमुखा र निर्दोस जति दोस लगाई जाकेको छ  पलाएका मूनाहरु कोपिला मै निमोथिदा  कर्मबिरको जोस जागर अनायासै थाकेको छ  नसा लाग्छ  नेपाली लाई गन्तब्य र बाटो सोच्दा  कता जाने थाह  छैन अन्ध धुन्दा हाकेको   छ 

बटुवालाई सित छेल्न यौटा चुइने छानो थियो 70

बटुवालाई सित छेल्न यौटा चुइने छानो थियो  मिलायर राख्न त्यहाँ  नत कुनै रानो थियो  रहेनछन् माली पनि रेख-देख गर्ने बगैचाको  जाजी केरा भएपनि भित्र सानो दानो थियो  अनकन्टार फालिएको कोठेबारी हेर्दा त्यहाँ  जुग जुग नमसिने अजम्बरी गानो थियो   जताहेर्यो अनौठो थ्यो भित्र भित्रै गयौ अनि  त्यहाँ भित्र प्रतेकको अलग अलग मानो थियो  नियाले हेरौ मानो अनि थाभो सबै लाई  कसैको त अलि ठुलो भने कसै को त सानो थियो 

एकोहोरो तिम्ले हेर्दा मन मनै बोले आफै 73

एकोहोरो तिम्ले हेर्दा मन मनै बोले आफै  पिन्जाडाकी चरी खोले अनि फेरी थुने आफै  बिगत पनि बज्र बनि मुटु भित्र बज्री  दिदा  अतितलाई रक्सि संगै अनायासै घोले आफै  पाए  जस्तै लग्यो सबै पाउने जति यो जन्म लाई  नसा बढ्दै बढ्दै जादा घर बारी मिले आफै  ब्यर्थताको अस्तितो यो संसार बाट मेटाउन  जीवनमा सबै भन्दा बादी मात्र घोले आफै 

बोल्न भन्दा मायालु ले सुने को नै राम्रो लाग्छ 74

बोल्न भन्दा मायालु  ले सुने को नै राम्रो लाग्छ  उनी संघ कोठा भित्र थुनेको नै राम्रो लाग्छा  सयौ खोलि पार गरि मुस्कायर  सबै समू  लाखौलाखमा ये क मलाई चुनेको नै राम्रो लाग्छ  थुनीएर  बस्ने मायालु को माया जालमा  माया जाल उनकै हातले बुनेको नै राम्रो लाग्छ   सधै सधै यकान्तमा घुली रहन नपाए  पनि   भेट हुदा ताना बाना तुनेको नै राम्रो लाग्छ 

सर्दै गर घैटो ओर फुटे पछी चेत्छौ 75

सर्दै गर   घैटो   ओर   फुटे   पछी   चेत्छौ   तिमी  अनायासै बिरानाले चुटे पछी चेत्छौ तिमी हेप्ने पनि सिमा हुन्छ निर्दोस ति छिमेकी लाई  बिद्रोहमा भाई  बन्धु  जुटे पछी चेत्छौ तिमी कमजोरीको मौका छोपी जुरमुरउछन्  सत्रु पनि  पराइले आफ्नो इजत लुटे पछी चेत्छौ तिमी थोते मुख हल्लाउदा  मकै पक्का चपाउन्न  दातहरु गिजा बाट छुटे पछी चेत्छौ तिमी तिम्रा  अघि तिम्रा  पछी जय- जय  भन्दै हिड्ने मान्छे  जय  भन्न बिर्सियर जुटे पछी चेत्छौ तिमी