Skip to main content

Posts

Showing posts from November, 2010

खनी जोती  बिऊ बिजन  छर्नु परे छर्छु मत माटोत के  ढुंगा संग लर्नु परे लर्छु मत साथी संगी  मरिमेट्ने सानै देखि बानी लाग्यो माना पाथी जे भेटिन्छ भर्नु  परे भर्छु मत यात्रा गर्दा रोक्ने हरु छेक्ने हरु खबरदार बाटो छेक्ने हरु सँग पर्नु परे पर्छु मत   मेची देखी काली सम्म  जहाँ  जानु  पर्छ  मैले काम पर्दा  नदी नालातर्नु परे  तर्छु मत नम्लो ड़ोको कुटे  बोकी  हिड़ने मान्छे  परियो   धामी बैध ज्योतिसीनि गर्नु परे गर्छु  मत

माहोल

बैश हुदा जेबोलेनि ताली दिनेहरुको  ताती  हुन्छ  चिन्नु जान्नु छैन यहाँ साली दिनेको  ताती हुन्छ लक्ष्य  आफ्नो एका तिर कुरा आउछ कता कता  दुनियामा नबिकेका कालि दिनेहरुको ताती हुन्छ

यो मन 38

जता राम्रो उतै तीर सबको हुन्छ सर्ने मन  लेक बाट बेसी हुदै तराई तीर झर्ने  मन  कोलाहल मच्चाएर  अर्थ छैन जिउनु कुनै  सकेसम्म धेरै संग माया प्रिती छर्ने मन  पिडा सही चुप चाप  नबोलेर बस्नु भन्दा  आइलाग्ने हरु संग खुलम खुल्ला लर्ने  मन  संसार लाई चलाउने सन्ततिनि चाइने  हुदा  उमेर छदै जोडा मिलाई सुभलगन गर्ने मन  बैस छदा जति सुकै पाप कर्म गरे पनि  बुढेस कालमा सबको हुन्छ बैतरणी तर्ने मन  सन्तान लाई पिडादिइ धेरै वर्ष बाच्नु   भन्दा  हात गोडा चल्दा चल्दै सजिलैनि मर्ने मन

मेरी उनी

घन्टौ घण्ट उनकै कुरा सुनीदिउ जस्तो लाग्छ   उनलाईनै जीवन साथी चुनिदिउ जस्तो लाग्छ हऱाउदा  पल पल   उनै संग पाउछु   अचेल  दुइ मात्र अटने जाल बुनीदिउ जस्तो लाग्छ हरेक पल  हरेक क्षण मुटु  भित्रै सजाई राख्न  उनिभित्र  हुदा झ्याल  थुनीदिउ जस्तो लाग्छ मेरो भन्नु एक मात्र उनिनै हो मात्र उनि उनी  लाई  नै सयौ जुनी ,जुनी दिउ जस्तो लाग्छ  

एस्तो लाग्छ

फाटे पनि मन मुटु सिएको नै राम्रो हुन्छ  हिम्मत गरि सबै समू जिएको नै राम्रो हुन्छ  मन भित्र चाह़ लुकाइ  गुम्सिएर रहनु भन्दा  मिली मिली कहिले काइ  पिएको नै राम्रो हुन्छ  देखाएर बाहिर रुप भित्र चाउरी हुनु भन्दा  भित्रदरो  बरु बाहिरचाही  खिएको नै राम्रो हुन्छ  लोभ्याएर  अलि अलि ,अलि अलि गर्नु भन्दा  घोप्त्याएर  सबै उनलाई दिएको नै राम्रो हुन्छ यथार्थमा अर्कै अनि देखाउनेमा अर्कै भन्दा सामुन्नेमै  चाहेजति लिएको नै राम्रो हुन्छ

अर्ध नग्न भै हिड्न लजाउने गर सानु 49

........................................लजाउने गर सानु  मन्दिरका झोली झ्याम्टा बजाउने गर सानु भगवानले तिमीलाई नि देखिरका हुन्छन  तस्बिर उनका कहिले काई सजाउने गर सानु तन मन सोच्छ चाइन्छ  उनलाई बोलाउन  आफनै मन कहिले काई मजाउने  गर सानु  तिमी जस्ता धेरै अरु  अटाएको संसारमा  फरक छौ की अरु भन्दा दज़ाउने  गर सानु 

दिनमा चै त्यसै त्यसै लोलाउछे सईली अचेल 44

दिनमा चै त्यसै  त्यसै  लोलाउछे  सईली  अचेल  रात हुन्छ  उसकै कोठा बोलाउछे साइली  अचेल भाग्नु पर्दा गारो हुन्छ  समय लाग्छ  भन्दा पनि  करै गरि सबै लुगा खोलाउछे  साइली  अचेल फुर्सद हुन्न सोच्न यहाँ ,रमाउनेको होडा  होड  आसपासका धेरैलाई घोलाउछे   साइली अचेल परि आउदा कस सग साथ लाग्ने के हो कुरा  सोच्छे होला त्यसैलेत टोलाउछे साइली  अचेल 

नेता ज्यु लाई सम्झदाको क्षण

ठुलो   रैछ    विचार सबै अटाएर गयौ तिमी  झुपडीका धेरै पिडा घटाएर गयौ  तिमी मनाएर  साथी संगी  बलिया  बांगा  स्टमित्र  देश  विकासमा सबै लाई खटाएर गयौ  तिमी अन्याय र अत्याचारको  भुमरीमा पिल्सिएका   गरिबका डर त्रास हटाएर  गयौ  तिमी कुसस्कारमा   उम्रिएका  विसंगती बोटहरु अन्तै सारी त्यहाँ बाट कटाएर गयौ  तिमी बहुमतको हित हुने नियम कानुन बनाउन  मौलाएको शाही सत्ता सटाएर  गयौ तिमी

प्रियसी संगको त्यो क्षण

रुख बाहेक हाम्लाई देख्ने तारा अनि जुन थियो   अरु हुदा नबज्ने त्यो  संगीतको धुन थियो  बादल लाग्दा छाया  पर्थ्यो  त्यही छायामा छेल्लिएर पर्तेकले पर्तेकलाई अलग अलग छुन थियो  झरनाको पानी बाहिर छंग छंग गरि बजे पनि  गड-गडाएर  बग्ने केवल नसा भित्र खुन थियो रसिला ती मोती  दाना जुन ताराले बर्षाउदा खान्न खान्न भन्दै खाने त्यही राम्रो गुन थियो   महँगो होला हिरा मोति सुन महँगो होला  तर मेरो त्यहिँ  साझ अकबरी सुन थियो  .जे जे आउछ  आउदै गरोस,जाने जादै  गर्छ  मलाई, उनि मेरी म उनको त्यती   मात्र हुन् थियो  आट थियो जात थियो  भरोसा र साथ थियो आजपनि बहकिन्छ मन अनी साथी सोध्छन कुन थियो

चकाचुली रोटेपिंग झै अचेल चल्छ मान्छे 41

चकाचुली,रोटेपिंग झै किन    चल्छ    मान्छे  सतगुणलाई रोप्यो भने विसंगति फल्छ  मान्छे फुल्ने फल्ने बिउ लाग्ने सबै कुरो बिर्सिएर  कोपिलामै फक्रिएर केहिदिनमै  जल्छ  मान्छे धर्यताले उसलाई   छोडी धेरै टाडा पुगी गयो   एक  दुइ पटक फेल हुदा सधै लाई गल्छ  मान्छे आफ्नो हात्ती लुकाउछ  अरुकोमा जुम्रो देखे  जंगिएर  सबको समू आनायसै  बल्छ  मान्छे

दौरा सुरुवाल ढका टोपी लगाएको देखेउ होला63

दौरा  सुरुवाल  ढका टोपी लगाएको  देखेउ  होला  छिमे की लाई मेला पात सघयेको देखेउ होला  वारी बिउ परि खेत तेसैले ता काम ढिला  हिलो मैलो तमोर म बगाए को देखेउ होला  नबोले रा चुप चाप बरण्ड म बसी हेर्दा  भट्टी बाट बत्तल बत्तल माग्य को देकेउ होला  ........................................... लाठी मुंग्री गरि उतै भाग्य को देखेउ होला

दुनियाले भन्दै गरुन नरिसाउनु आत्तिएर 64

दुनियाले भन्दै गरुन  नरिसाउनु आत्तिएर  गल्छन हात खुट्टा गल्छन  नबिसाउनु आत्तिएर मौका पाउदा बढछन्  अघी पहिले आफ्ना हरु  खोज्छन मन पेट तर  नमिसाउनु आत्तिएर  ठेल्ने हरु तान्ने हरु चिन्न गारो हुन्छ  यहाँ   विचार गर्नु  सकेसम्म , नाचिसाउनु  आत्तिएर  अस्ताउछन्   घाम तर उदाउन  लाई फेरी पनि  आउछ  दिन त्यसैलेत नपिसाउनु आत्तिएर